आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडद्धारा सेवा शुरु

काठमाडौ ,भदौ २/

देशको २७ औँ बीमा कम्पनीका रुपमा आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडले सेवा शुरु गरेको छ ।
बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले बिहीबार काठमाडौंमा निजी क्षेत्रबाट प्रवर्धित उक्त नयाँ बीमा कम्पनीको कारोबारको शुभारम्भ गरे ।

दश वर्षको प्रयासपछि बीमा समितिबाट गएको असार २० गते कम्पनीले कारोबार संचालनको अनुमति पाएको हो । पछिल्लो पटक संचालन अनुमतिप्राप्त इस्योरेन्स कम्पनीमध्ये सबैभन्दा पहिले उक्त कम्पनीले सेवा शुरु गरेको हो ।

त्यस अवसरमा अध्यक्ष चापागाईंले बीमाको बजार वृद्धिसँगै आर्थिक गतिविधिमा बढोत्तरी हुने बताउँदै दैवी विपत्ति तथा अन्य जोखिमका अवस्थामा जीवन बीमाबाट प्राप्त हुने लाभबारे जानकारी दिए ।

कार्यक्रममा आइएमई लाइफ इस्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष रामहरि अर्याल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा र उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ, आइएमई गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल र नेपाल बीमा संघका कावा अध्यक्ष दीपप्रकाश पाठकले नेपालको बीमा बजार र त्यसको अपरिहार्यताबारे प्रकास पारेका थिए ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार