अकबरे खुर्सानी आम्दानीको गतिलो श्रोत बन्दै

इलाम ,भदौ २/

इलामको माइजोगमाई गाउँपालिका स्थित नामसालिङ्गका किसानले तीन महिनामा दशलाख रुपैयाँ भन्दा बढी आम्दानी गरेका छन् । अधिकांश किसान अकबरेको ब्यावसायिक खेती गर्दै आएका छन् ।


अकबरेबाट मात्रै वार्षिक कम्तिमा ५० हजारदेखि तीनलाख रुपैयाँसम्म आम्दानी हुने गरेको व्यवसायिक किसान अविनारायण चौमलागाईले बताए । उनका अनुसार कृषकहरुले उत्पादन गरेको अकबरे खरिद गर्न ब्यपारीहरु घर–घरमै आउने गरेका छन् ।

नामसालिङ्गका ब्यपारी इश्वर बाँस्तोलाका अनुसार बजारमा होलसेल प्रतिकेजि साडे दुई सयले बिक्री भइरहेको छ । जेठ महिनादेखि साउन महिनासम्म तीनसय मन भन्दा बढी अकबरे बजारमा बिक्रीका लागि ल्याइसकेको ब्यापारी बाँस्तोलाको भनाई छ ।

उनका अनुसार नामसालिङ्गको अकबरे खोर्सानी इलामबमका बिभिन्न बजार, फिक्कल, तीनघरे, नयाँबजार लगायतका बजार र अन्य जिल्ला झापामा समेत बिक्रीका लागि लगिंदै आएको छ । झापामा अहिले दैनिक पाँच मनको हाराहारीमा नामसालिङ्गबाट अकबरे खोर्सानी निकासि हुँदै आएको छ ।

नाम्सालिङ्गमा एकजना किसानले दुईसय भन्दा बढी खोर्सानीको बिरुवा लगाएका छन् । अकबरेको ब्याबसायिक खेती गरेर मनग्ये आम्दानी लिन थालेपछि यस खेतीमा लागेका किसानको आर्थिक जीवनस्तर समेत मजबुद बन्दै गएको छ।

अकबरे घरखर्च चलाउन, छोराछोरी पढाउनका लागि गतिलो आम्दानीको श्रोत समेत बन्दै गएको छ । माघदेखि चैत महिनासम्म खोर्सानी रोपिने र अकबरेको उत्पादन जेठबाट कात्तिक महिनासम्म हुने गरेको छ ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार