राप्रपाको केन्द्रीय समिति बैठक बस्दै

हैटौंडा,भदौ २ /

राप्रपाको केन्द्रीय समिति बैठकमा आज शुक्रबार संसदमा बिचाराधिन रहेको संविधान संशोधन विधेयकका बिषयमा छलफल हुने भएको छ ।

हैटौंडाको एक होटलमा बिहान ११ बजे सुरु हुने बैठकमा संविधान संसोधनको पक्ष बिपक्षमा हुने मतदानका क्रममा पार्टीले खेल्ने भूमिकाका बिषयमा छलफल हुने पार्टीका संगठन बिभाग प्रमुख राजेन्द्र लिङदेनले जानकारी दिए ।

त्यस्तै संघ र प्रदेशसभा निर्वाचनको तयारी लगायत समसामयिक बिषयमा पनि आज छलफल हुने लिङदेनले बताए । केन्द्रीय समिति बैठकको पहिलो दिन हिजो एजेण्डा प्रस्तुत गर्दै अध्यक्ष कमल थापाले विभाजन भएर गएकापदाधिकारी र सदस्य भाद्र ४ गते अघि पार्टीमा फिर्ता भए साविककै पद र जिम्मेवारी दिने बताएका थिए ।

विभाजनमा सहभागि नेताहरु पार्टीमा फर्किए उनीहरुमाथि गरिएको कारबाही समेत फुकुवा हुने अध्यक्ष थापाको भनाई छ । वरिष्ठ नेता पशुपति समशेर राणा पक्षले पार्टी विभाजन गरेपछि राप्रपाले केन्द्रीय समिति बैठक बोलाएको हो । बैठक भोलीसम्म चल्ने बताइएको छ ।

 

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार