पाँचथरमा १० हजार १ सय ५७ मतदाता थपिए

फिदिम ,भदौ २/

पाँचथरमा १० हजार १ सय ५७ जना मतदाता थपिएका छन् ।

गत साउन १ गतेदेखि जिल्लामा संचालन भएको मतदाता नामावली संकलनमा उक्त संख्यामा मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ । जसमध्ये ५ हजार ३ सय ४३ जना पुरुष र ४ हजार ८ सय १४ जना महिला मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

गत साउन १ देखि जिल्ला निर्वाचन कार्यालय र भदौ १६ गतेदेखि गाउँपालिकामा मतदाता नामावली संकलन गरिएको थियो । नामावली संकलन भदौ ३ गतेसम्म चल्नेछ ।

शुक्रबार, भदौ २, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार