डुवानमा २४ घण्टा फसेका एक परिवारलाई सेनाले गर्यो सकुसल उद्धार

सिराहा । डुवानमा फसेका एक पारिवारलाइ नेपाली सेनाले सकुसल उद्दार गरेको छ। सिराहाको कल्याणपुर नगरपालिका-३, ईटरी पर्साही ईलाकामा डुवानमा परि करिव २४ घण्टा फसेका एक परिवारलाई नयां गोरख गणबाट खट्टिएको टोलीले १ घण्टा ३० मिनेटको प्रयास पश्चात् सकुशल उद्धार गर्नुको साथै डुवानमा परेको घरुको सामानहरु निकाली उद्धार गरेको हो ।

साथै, सो गणबाट खट्टिएको टोलीले बताहा खोलाले सिरहा नगरपालिका र कल्याणपुर नगरपालिका सिमानामा बेलाहा र सारस्वर गाउंहरुमा बाढी पसि कटान गरेको स्थानमा नेपाल प्रहरी तथा स्थानिय जनताहरुको सहयोगमा अस्थायी बांध बनाई तत्कालका लागि बाढीको रोकथाम गरेको छ ।

त्यसैगरी, सिराहा जिल्लामा अवस्थित नयां गोरख गणबाट खट्टिएको टोलीले भगवानपूर-१ तथा २ मा पानीको कटानले विगारेको बाटोमा अस्थाई पूल बनाई आवतजावत गर्न सहज बनाउनुको साथै बरियारपट्टी-५ कजरा ईलाकामा स्थानिय बासिन्दाहरुको घर मरामत तथा अस्थाई टहरा बनाउन सहयोग गरेको छ ।

बिहिबार, भदौ १, २०७४ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार