loading...

अत्यधिक उत्तेजनाले गयो ज्यान, मृत्युपछि पनि उत्तेजित !
  • पाथिभारा न्युज संबाददाता

    Thursday January 12, 2017 मा प्रकाशित


  • काठमाडौं, पुस  अत्यधिक यौन उत्तेजना थाम्न नसकेर नाइजेरियामा एक व्यक्तिको मृत्यू भएको छ । मृत्यूपछि पनि उनको लिंग उत्तेजित अवस्थामा रहेको त्यहाँका मिडियाले जनाएका छन् ।
    ४० वर्ष आसपास उमेर भएका सामसोन नाम गरेका व्यक्ति तीन सन्तानका बाबु हुन् । उनले मृत्यूअघि अत्यधिक यौनवर्द्धन औषधि सेवन गरेर आफ्नी नयाँ प्रेमिकासँग यौनक्रिडा गरेको खुलेको छ ।
    सामसोनले प्रेमिकासँग यौनसम्वन्ध राख्ने योजनाबारे सुनाएपछि उनका एक साथीले म्यानपावर नामक यौनवर्द्धक औषधि खान सुझाव दिएका थिए । प्रेमिकालाई प्रभावित पार्ने धुनमा उनले सो औषधि आवश्यकताभन्दा बढि सेवन गरिदिए । औषधि सेवनपछि उत्तेजित भएको लिंग फेरि शान्त भएन ।
    सामसोनका साथी भन्छन्, ‘लामो समय यौनसम्वन्ध राख्दा पनि उ स्खलित हुन सकेन । निरन्तरको कडापनका कारण उत्पन्न दवावले नै उसको मृत्यू भएको हुनुपर्छ ।’ सामसोनले पहिलोपटक यस्तो औषधि सेवन गरेर सेक्स गरेको पनि उनले जानकारी दिए ।
    सामसोनको मृत्यू भएपछि उनकी प्रेमिका होटलबाट भागेकी थिइन् । होटलका कर्मचारीले सामसोनलाई वारी सेन्ट्रल हस्पिटल लैजाँदासम्म उनको लिंग उत्तेजित अवस्थामा नै थियो । तर अस्पतालमा चिकित्सकहरुले उनर्लाइ मृत घोषित गरिदिए ।
    शिर्षक सँग समन्धित समाचार अझ प्रष्ट सँग सिधै भिडियोमा हेर्न चाहनु हुन्छ भने तलको फोटोमा क्लिक गर्नुहोला ! र भिडियो नहेरी छापाको पुरै समाचार पढ्न चाहनुहुन्छ भने अलि तल सार्नु होला !
    मृतकको परिवारले अहिलेसम्म कुनै उजुरी नगरेकाले प्रहरीले यस घटना सम्वन्धमा अनुसन्धान अघि बढाएको छैन । -अनलाइन खबरबाट

    Propellerads
    loading...

    यसमा तपाइको मत

    अन्य समाचार