Loading...

अगुवाईमा भारतकै आँगनमा विरोधसभा, प्रतिकारमा उत्रिने घोषणा (फोटो फिचर)
  • पाथिभारा न्युज संबाददाता

    Wednesday January 11, 2017 मा प्रकाशित


  • – नरेश केसी

    भैरहवा, २७ पुस । नेकपा एमालेको अगुवाईमा बुधबार रुपन्देहीस्थित भारतकै आँगनमा विरोधसभा गरिएको छ ।

    संयुक्त संघर्ष समिति रुपन्देहीले बुधबार दक्षिण छिमेकी भारतीय सीमाभन्दा ३ किलोमिटरको दूरीमा रहेको भैरहवामा प्रदेश टुक्राउने संविधान संशोधनविरुद्ध विशाल विरोध सभाको आयोजना गरेको हो ।

    विरोध सभामा हजारौंको सहभागिता थियो । त्यसअवसरमा सहभागीले राष्ट्रिय झण्डासहित भैरहवाको ब्रमेली टोलबाट र्यालीसहित नारायणस्थान, विद्रोहीचौंक, प्रहरी टोल हुदैं मिलनचौंकसम्म जुलुस प्रदर्शन गरेका थिए ।

    र्यालीपछि आयोजित विरोध सभामा ३ किलोमिटरको दूरीमा दक्षिणमा रहेको भारतीय पक्षप्रति कडा शब्दमा आलोचना गर्दै वक्ताहरुले भारतीयहरुले मधेसमा विखण्डनकारी तत्वहरुको घुसपैठ गराएर नेपालमा जातिय र साम्प्रादायीक द्धन्द्ध निम्ताउन खोजेकोले त्यसको प्रतिकारमा उत्रिन सम्पूर्ण देशबासीलाई समेत आग्रह गरे ।

    सभामा राष्ट्रिय जनमोर्चाका केन्द्रिय उपाध्यक्ष बद्रे आलम, नेकपा एमालेका प्रदेश कमिटी सदस्य बाबुलाल यादब, नेकपा माक्र्सवादीका केन्द्रिय सदस्य रामप्रसाद भट्टराई, नेकपा मालेका केन्द्रिय स्थायी कमिटी सदस्य गोपालमणी गौतम, जनमोर्चा नेपालका केन्द्रिय सचिवालय सदस्य चित्र बहादुर थापा, अखण्ड नेपालका केन्द्रिय सचिवालय सदस्य दल बहादुर जिसी, नेमकिपाका जिल्ला अध्यक्ष हरिसुन्दर बासी लगायतले सम्बोधन गर्दै हिन्दी भाषालाई भाषिक अधिकार दिलाएर बंगलादेशमा भाषिक आन्दोलनमार्फत देश टुक्राए जस्तैगरी मुलुक टुक्राउनेगरी आएको भाषिक सम्बोधन होस् वा अंगिकृतलाई नागरिकता दिने अधिकार अथबा सीमांकन हेरफेर कुनैपनि मुद्धामा संसदमा छलफल गर्नै नहुनेमा जोड दिए ।

    ‘भारतको स्वार्थमा देउवा र प्रचण्डले ५ नम्बर प्रदेशलाई टुक्राउन खोजे’

    विरोधसभामा नेकपा एमालेका सचिव पृथ्बी सुब्बा गुरुङले प्रचण्डको कांधमा भारतले बन्दुक राखेर देशभक्त नेपालीहरुमाथि पड्काइरहेको बताए

    सभालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका नेता गुरुङले भने– ‘भारत अहिले प्रचण्डको कांधमा बन्दुक राखेर शेरबहादुरलाई लोभमा फसाएर नेपाली जनतामाथि बन्दुक पड्काइरहेको छ । यो कुरा प्रचण्ड र देउवाले अहिले बुझेका छैनन् त्यतिबेला थाहा पाउने छन जतिबेला इतिहांसले यिनीहरुलाई धिक्कारिरहेको हुनेछ ।’

    भारतको स्वार्थमा कांग्रेस सभापति शेरबहादुर देउवा र प्रचण्डले ५ नम्बर प्रदेशलाई टुक्राएर विश्वको महत्वपूर्ण पर्यटकीय केन्द्र लुम्बिनीलाई भारतीय शासकलाई बुझाइ दक्षिण खुसी पार्न खोजेको गुरुङको आरोप छ ।

    उनले नेकपा माओवादी र नेपाली कांग्रेस अब नाम परिवर्तन गरेर भारतीय माओवादी र भारतीय कांग्रेस बन्नुपर्ने जनाउदैं प्रचण्ड लेण्डुप दोर्जे भइसकेको तर्क गरे ।

    Loading...

    यसमा तपाइको मत

    अन्य समाचार