loading...

तमू प्ये ल्हु संघ कुवेतको शुक्रबार आयोजना हुने च्हय ल्होसारको तैयारी पुरा
  • पाथिभारा न्युज संबाददाता

    Wednesday January 11, 2017 मा प्रकाशित


  • कार्यक्रममा सम्पूर्ण कुवेतवासी नेपालीहरुमा उपस्थितिको लागि अनुरोध

    जनवरी ११, कुवेत ।गुरुङ) हरुको मौलिक तथा सास्कृतिक पर्व तमू ल्होसार को लागि आयोजना गर्न लागिएको को आगामी सुक्रबार को कार्यक्रम को सम्पूर्ण तयारी पुरा भएको जानकारी तमु प्येल्हु संघ,कुवेत ले दिएको छ।

    आफ्नो कला-संस्कृति, भेषभूषा र मौलिक पहिचानलाई जगेर्ना गर्दै लैजाने उद्देश्यले हरेक वर्ष मनाउदै आएको तमु ल्होसार यसपाली पनि विबिध सांस्कृतिक कार्यक्रमको साथ मा तमु प्येल्हु संघ,कुवेतले जिलिबको विडिङ हल मा कुबेत बसी नेपाली दाजु भाई दिदी बहिनी हरुको साथ मा पृथक ढङ्गले मनाउने जानकारी तमु प्ये ल्हु संघ, कुवेतले जानकारी दिएको छ ।जिलिब को बेडिङ हलमा आयोजना गर्न लागिएको कार्यक्रम टलाई भब्य बनाउन को लागि तमु प्ये ल्हु संघ, कुवेत का कलाकार हरु को बेजोड प्रस्तुति रहने आयोजकलाई जानकारी दिएको छ ।

    कार्यक्रमलाई भब्य रुपमा सफल गराउनका लागि बहराइन एक्स्चेन्ज कम्पनी, (BEC) कुवेतले प्रायोजन गरेको छ। कार्यक्रमों कुवेतमा कृयाशील सम्पूर्ण संघ संस्थाहरु, बुद्दिजिवीहरु, समाजसेवीहरु, कलाकारहरु, पत्रकारहरु, खेलाडीहरुलाई पत्रद्वारा निमन्त्रणा चुले निम्तो गरिसकेको र कुनै कारणबस पत्र प्राप्त नभएको खण्डमा यसै समाचारलाई आधार मानी उपस्थित भई दिनुहुन तमु प्ये ल्हु संघ, कुवेतका अध्यक्ष गोपाल गुरुङले सबैमा अनुरोध गरेका छन्।

    तमू ल्होसार कार्यक्रम स्थल सम्म आउनलाई “तमु प्ये ल्हु संघ, कुवेत” ले नि:शुल्क यातायातको व्यवस्था गरेको जानकारी दिएको छ। यातायात सेवाको सम्पर्क लागि केश गुरुङलाई फोन नं. ६५९०४१९१ मा सम्पर्क गर्न सक्नु हुनेछ।

    कार्यक्रमको अन्य आकर्षणहरु यस प्रकार रहेको छ
    १) “प्र” ल्होसार(बाँदर वर्ग) को बिदाई र च्यह ल्होसार (चरा वर्ग) आगमन लाई स्वागत तथा शुभकामना अदान-प्रदान
    २) स्थानिय कलाकारहरुद्वारा बिभिन्न साँस्कृतिक प्रस्तुतिहरु
    ३) रिपा लगाइ स्याई स्याई गर्ने कार्यक्रम
    ४) तमू भेषभुषा प्रदर्शनी (महिला-पुरुष)
    ५) जलपान/ चेलिबेटी भोज
    कार्यक्रम हुने:

    मिति:           १३ जनवरी २०१७ (शुक्रबार)
    स्थान:          जिलिब वेडीङ हल (जिलिब प्रहरी स्टेशनको पछाडि)

    समय: बिहान ठिक १० बजे
    आयोजक:  तमु प्ये ल्हु संघ,कुवेत

    Propellerads
    loading...

    यसमा तपाइको मत

    अन्य समाचार