कमल थापा र विजय गच्छदारलाई उपप्रधानमन्त्री बन्न प्रचण्डको प्रस्ताव, दुई मन्त्री फिर्ता हुँदै

 

काठमाडौं, २७ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राप्रपा अध्यक्ष कमल थापा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई उपप्रधानमन्त्री बन्न प्रस्ताव गरेका छन् ।

संसदमा प्रस्तुत गरिएको संविधान संशोधन विधेयक जसरीपनि पारित गराउने रणनीतिअनुरुप प्रधानमन्त्री दाहालले थापा र गच्छदारलाई सरकारमा सहभागी हुन आग्रह गरेको स्रोतले बताएको छ ।

एकतापछि संसदमा राप्रपाको ३७ सीट छ भने फोरम लोकतान्त्रिकको १४ सीट छ । संविधान संशोधन विधेयक पारित गराउन सरकारलाई दुईतिहाई मत आवश्यक छ । तर, अहिलेको अवस्थामा प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी गठबन्धनसँग स्पष्ट एक तिहाइ मत रहेको बताइन्छ । जून संशोधन विधेयक पारित नहुने आधार हो ।

संशोधन विधेयक पारित गर्न एक महिनासम्म प्रक्रिया चल्ने भएपछि यो बीचमा भोटर (सांसद) किनबेच अर्थात बार्गेनिङ सुरु भएको छ । र, यसरी दुई तिहाई मत पुगाउने सत्तापक्षको रणनीति छ । यही रणनीतिका साथ कमल थापा र विजय गच्छदारलाई प्रस्ताव आएको स्रोत बताउँछ ।

जसअनुसार प्रधानमन्त्रीले वर्तमान सरकारबाट दुई मन्त्री कांग्रेसबाट प्रतिनिधित्व गर्ने परराष्ट्र मन्त्री रहेका प्रकासशरण महत र माओवादीबाट सञ्चारमन्त्री सुरेन्द्र कार्कीलाई फिर्ता बोलाउने तयारी गरेका छन् ।

स्रोत भन्छ- ‘महतको ठाउँमा राप्रपा अध्यक्ष थापालाई उपप्रधानसहित परराष्ट्र र कार्कीको ठाउमा फोरम लोकतान्त्रिकका गच्छदारलाई उपप्रधानसहित सञ्चारमन्त्री बनाउने प्रधानमन्त्रीको तयारी छ । यो संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने शर्तमा हुनेछ ।

बुधबार, पुस २७, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार