Loading...

२८५३ औ ज्या ल्हो( चरा बर्ग) सोनाम ल्होछार वौधिक पुजा पाठ तथा विविध मनोरंजनात्मक सांस्कृतिक कार्यक्रम
  • पाथिभारा न्युज संबाददाता

    Wednesday January 11, 2017 मा प्रकाशित


  • तामाङ सेवा समाज बहराइनको आयोजनामा यहि आउदो फेब्रुअरी ३ तारिख शुक्रवारको दिन मानमा स्थित डेलमोन ईन्टरनेस्नल होटलको प्रांगणमा, २८५३ औ ज्या ल्हो( चरा बर्ग) सोनाम ल्होछार वौधिक पुजा पाठ तथा विविध मनोरंजनात्मक सांस्कृतिक कार्यक्रम गरि भब्य रूपले मनाउने भएको छ।

    बिगतका बर्षहरूमाझै यसपालि पनि तामाङ सेवा समाज बहराइनले ज्या ल्हो (चरा बर्ग ) को सोनाम ल्होछार पर्व विविध कार्यक्रमहरुका साथ मनाउने तयारी भैरहेको छ, भने यसपालि नेपालबाट आमन्त्रित ख्यातिप्राप्त चर्चित सोलो गायक चन्द्र कुमार दोङ ज्यु , ज्या ल्हो (चरा बर्ग) को ल्होछार साँस्कृतिक साँझमा बहराईन वासी तामाङ तथा सम्पुर्ण नेपालीहरु माँज सँगै रमाईलो डम्फु र सेलोमा नाच्न र नचाउन आउँदै हुनुहुन्छ । भने स्थानिय कलाकारहरू साथै बहराईनना रहेका सबै जातीय सस्थाहरुले आफ्नो जातीय मौलिक निर्त्य प्रस्तुत गरि ल्होछार साँस्कृतिक साँझलाइ रंगीन बनाउने भएको छ ।

    यसै गरि तामाङ सेवा बहराइनले विभिन्न संघ संगठन, राजनैतिक पार्टीका भात्री संघसंगठनहरु ,सामाजिक संघसस्थाहरु , जातिय , क्षेत्रीय संघसंस्थाहरु, कलाकार साथीहरु , पत्रकार साथीहरु तथा सम्पूर्ण बहराइनबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, उद्धोगीहरु, ब्यापारीहरु लगायत अन्य सहयोगीहरु सबैलाई उपस्थित भइ यसपालिको चरा वर्ग (ज्या ल्हो) ल्होछार भब्य र सब्य पारी दिनुहुन पनि हार्दिक अपिल गरेको छौ।

    तपसिल-
    मिति :- ३ फेब्रुअरी २०१७
    समय :- दिउँसो ठिक ३:०० बजे,
    स्थान:- डेलमुन होटल मानमा बहराइन,
    प्रवेश शुल्क:- मात्र बिडि -३/-

    Loading...

    यसमा तपाइको मत

    अन्य समाचार