loading...

समाजमा सक्षम र सबल नेत्रित्व चाहिन्छ: कोषाध्यक्ष सापकोटा
  • पाथिभारा न्युज संबाददाता

    Wednesday January 11, 2017 मा प्रकाशित


  •  

    झापाली समाज युएई का केन्द्रिय कोषाध्यक्ष सगं जगत लुइँटेलले गर्नु भएको कुराकानि
    . झापाली समाज स्थापनाको पृस्ठभुमी को बारे मा केहि बताईदिनु हुन्छ की ?
    हजुर धन्यवाद प्रश्न को लागी २०१५ अगस्ट तिर एऊटा फेसबुक पेज बन्यो राम प्र.ढुङ्गेल, टेकनाथ अधीकारी, रोसन पनेरु लगाएत का साथी हरुको सक्रियता मा कुरा अघीबढ्यो र त्यसै पेज मार्फत अरु साथीलाई जोड्दै छलफल भए अनी नोभेम्बर १३ ( भाईटिका) मा दिन गठन गर्ने भनी प्रचार प्रसार गरीयो र गठन गरीयो ।
    .झापाली समाजको एऊटा गरीमामय पद मा बसेर एक बर्ष कामगर्दा कती को गार्हो भयो नी ?
    हजुर निक्कै गार्हो भयो भन्नु पर्छ किनकि म एकाऊन्ट नपढेको मान्छे र कुनै समाज सस्था वा पदमा बसेर काम गरेको पनी थिएन र कोष कसरी संचलन गर्ने भन्ने बिषयको ज्ञाता अरु पनी नभएकाले आफै सिक्दै काम गरे, धेरै कमी कम्जोरी हरु भए पक्कै यद्धपी काम गर्ने क्रममा अहिले परपक्कता भएको अनुभव भएको छ र झापाली समाजको आर्थीक पाटो पार्दर्शी छ अधीबेशन मा प्रतिबेदन आऊने नै छ,अहिले गृहकार्यमा लागेको छु।
    . सस्थापन कोषाध्यक्ष टेकनाथ अधीकारी हुनुहुन्थ्यो नी हैन ?
    हजुर पक्कै पनी टेकनाथ सर त्यो बेला कोषाध्यक्ष हुनुहुन्थ्यो तर सचिवालय हेर्ने कोही नभएको र उहाँ पहिला पनी अरु सस्थामा रहेर काम गरीसकेका अनुभबि व्यक्तित्व भएका ले उहा लाई महासचिव मा पदस्थापन गरीयो र मलाई कोषको जिम्मा दिईयो उ बेला म केन्द्रिय सदश्य थिए,आर्थीक मा मेरो दक्षता भन्दा पनी बिकल्प नभएर हो ।
    . आजका दिन सम्म आईपुग्दा झापाली समाजको कोषको स्थिति के छ नी ?
    धन्यवाद प्रश्नको लागी कोषको स्थिति भन्नु पर्दा १९२ जना आजीबन सदश्यको बिस हजार एकसय साठ्ठि र अन्य सबै गरेर छयालिस हजार दिराम केन्द्रको कोषमा छ त्यसमा पछिल्लो हप्ता मात्रै अक्ष्यकोष स्थापना भनेर रु दुईलाख पठाएका छौ , सेप्टेम्बर २ को तिज बिषेस कार्यक्रम बाट ऊठन बाँकी रकम नेपाली समाज सग १००० दिराम बाकी छ , समग्रमा भन्नु पर्दा एक कार्यकालको यो स्थिति मज्बुत नै मान्नु पर्छ ।
    .तेत्तिसय दिराम जुन पुर्ब अध्यक्ष छ त्यो कसरी उठला ?
    हजुर पक्कै पनी सत्यहो पुर्ब अध्यक्षले त्यो रकम निजी पर्योजन मा प्रयोग गरीरहनु भएको छ हामीले बारम्बार ताकेता नगरेको हैन ऊहाले दिन आँनाकानी गरेको हो तर नदिएर सुख छैन व्यक्तिको पैसा पचाऊन कसैले सक्ला तर समाजको पैसा पच्दैन र हामी जसरी नी ऊठाएरै छाड्छौ ।
    .अधीबेशनको संघारमा छौ हामी, के छ तपाईको चहाना ?
    धन्यवाद प्रश्नको लागी त्यस्तो कुनै चहाना छैन यसै पनी केहि महीना मा सधै का लागी नेपाल जाने सोचमा छु अनी कुनै पनी पदमा त्यो बिषयको सक्षम व्यक्ति नै हुनुपर्छ भन्ने मेरो धारणा हो र अहिले झापाली समाजमा धेरै क्षमतावान व्यक्ति हरु हुनुहुन्छ म स्वतन्त्र नै बस्छु तर समाज प्रतिको झुकाबमा कमी हुने छैन।
    . केन्द्र फितलो भएर क्षेत्रिय समन्वय परिषद जन्मेको हो ?
    हजुर क्षेत्रीय समन्वय परिषद को बारेमा अधीकारीक जानकारी त छैन केन्द्रमा तर नसुनेको पनी हैन र अहिलेको केन्द्रिय कमिटि हुनुपर्ने जती सक्रिय चै नभएका हो,आशा गरौ अधीवेशन ले सक्रिय व्यक्ति चयन गर्ने छ जस्ले सबै क्षेत्रको प्रतिनिधीत्व गर्दै समेटन सकोस त्यो अबस्थामा परिसद को जरुरत पर्दैन ।
    . अन्त्यमा आफ्नो बारे केहि बताईदिनु हुन्छ की ?
    धन्यवाद सर प्रश्नको लागी बुबा राम प्रसाद सापकोटा र आमा डाक कुमारी को तेस्रो सन्तान को रुपमा २०३३ साल चैत्र १३ गते झापाको डागीबारी बाडन: ८ मा भएको हो पंचमणी निमाबि बाट ओपचारीक शिक्षा सुरु भयो फुलबारी मा.बि बाट २०५१ एल.एल.सि गरे पछी घरयासी समस्या ले गर्दा पढाई को यात्रा टुङ्गियो भारतमा ९ बर्ष काम गरेर नेपाल फर्के ततपश्चात वैदेशिक रोजगारिको लागि मलेसिया पुगे ६ बर्ष मलेसियाको बसाइ पछी २०११ जनबरीमा दुबई आईपुगे सधैको बिदेस यात्रा ले घरपरीबार सग राम्ररी बस्ने अबसर पाएको छैन त्यहि भएर पनी अब नेपाल मै गएर केहि गर्नु पर्छ भन्ने हेतु ले चाडै नै दुबई छोड्दै छु ।

    loading...
    Propellerads

    यसमा तपाइको मत

    अन्य समाचार