loading...

बाजागाजासहित सुनसरीबाट एमालेलार्इ बिदाइ, मधेसका सबै जिल्लाबाट बिदाइ गर्ने तयारी
  • पाथिभारा न्युज संबाददाता

    Monday January 9, 2017 मा प्रकाशित


  •  

    सुनसरी,  पुस । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई मधेसको एक जिल्ला सुनसरीबाट बाजागाजासहित बिदाई गरिएको छ ।

    एमालेले पछिल्लो समय मधेस र मधेसी जनताको भावना र चाहनाविपरीत कदम चालेको भन्दै सुनसरीस्थित हरिनगरामा बृहत कार्यक्रम गरी एमालेलाई बिदाई गरिएको हो ।

    मधेसबाट एमालेलाई बिदाई कार्यक्रम, एमालेलाई मधेसी नचाहिने भए मधेसीलाई एमाले किन चाहियो ? नारा लेखिएको ब्यानरसहित बाजागाजाले एमालेलाई बिदाई गरिएको थियो ।

    आइतबार भएको बिदाई कार्यक्रममा सहभागी स्थानीय सन्तोष मेहताले एमालेले मधेसी जनताको विरुद्धमा पटकपटक अभिव्यक्ति दिनुका साथै संविधान संशोधनको विरुद्ध भएको आन्दोलन र मधेस आन्दोलनमा मधेसी जनताको विरुद्धमा उत्रिन अगुवाई गरेको भन्दै एमालेलाई मधेसबाट सम्मानपूर्वक बिदाई गरिएको बताए ।

    ‘एमालेले मधेसी जनतालाई पटकपटक अपमान गर्दै आएका छन्, चाहे संशोधनको विरुद्धमा होस् या मधेस आन्दोलनको विरुद्धमा नै किन नहोस् ती सबै ठाउँमा एमालेले मधेस र मधेसीको विरुद्धमा आन्दोलनको अगुवाई गर्दै आएका छन्, त्यसकारण एमालेलाई मधेसी नचाहिएपछि हामीलाई एमालले किन चाहियो ?  हामीले आज एमालेलाई सम्मानपूर्वक बिदा गरेका छौँ ‘ खबरडबलीसँगको टेलिफोनमा संवादमा उनले भने ।

    उनले एमालेलाई मधेसका पुरै जिल्लाबाट बिदा गरिने समेत बताए ।

    बिदाईस्थलमै सोमबार माधव नेपाल जाँदै, कार्यक्रम बिथोल्ने चेतावनी
    मधेसी मोर्चासम्बद्ध कार्यकर्ताले आइतबार बाजागाजासहित बिदाई गरिएको स्थलमै सोमबार नेकपा एमालेले क्षेत्रीयस्तरको आमसभा राखेको छ ।

    आमसभालाई एमाले वरिष्ठ नेता माधव नेपालले सम्बोधन गर्ने कार्यतालिका छ । तर आइतबार बाजागाजासहित बिदाई गर्न आएका नेता कार्यकर्ताले एमालेको आमसभा बिथोल्ने चेतावनी दिएको छ ।

    सम्मानपूर्वक बिदाई गरिएको ठाउँमा आमसभा गर्न आउनु उचित नहुने मेहताको भनाई छ ।

    अरु फोटो पनि हेर्नुस् :

    loading...
    Propellerads

    यसमा तपाइको मत

    अन्य समाचार