Loading...

नेपाल बिरुद्ध भारतको षडयन्त्रमुलक हतियारको रुपमा मधेसी मोर्चा
  • पाथिभारा न्युज संबाददाता

    Monday January 9, 2017 मा प्रकाशित


  • Laxmi-Prasad-Mainali

    लक्ष्मी प्रसाद मैनाली

     

    नयाँ गठबन्धन निर्माणका मुख्य घटक मानिएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि अहिले भारतको भ्रमणमा रहेका छन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दुई देशबिचको सम्वन्धलाई अझ सुधार गर्ने भन्दै सम्वन्ध सुधारका लागि चिनमा कृष्णबहादुर महरा र भारतमा विमलेन्द्र निधिलाई पठाँउने निर्णय गरे पछि भएको भ्रमणबाट महरा नेपाल फर्कीसकेका छन भने निधि पर्कने तयारी मा छन ।modi and nidhi

    यसैक्रममा भारतिय उच्च व्यक्तित्व सँगकोभेटको क्रममा नेपालको संविधान संशोधनको खाका प्रस्तुत भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायत राज्य संस्थापनले नेपालको संविधान संशोधनमा सघाउने सहयोग गर्ने बताएका छन ।

    संसदबाट नयाँ संविधान जामरी भएपछि संविधान चित्त नबुझेपछि मदेशीमोर्चाको आडमा नाकाबन्दी समेत लगाउन पछि नपरेको भारत केही नलागेपछि कठिन घडिमा निर्मीत कांग्रेस र माओवादी बिचको गठबन्धनलाई आफ्नो निहित स्वार्थ सिद्ध गर्ने अवसर मिल्दै गएको मन्त्री निधिको भ्रमणले छर्लङगै पारेको छ ।

    पानी र चिउरा समेत भनेको बेलामा खान नपाई स्वाभिमानी नेपालीको पहिचान दिएका नेपाली जनताहरु पुन भारतीय स्वार्थ अनुरुप संविधान संशोधनको खेलमा दिल्लीमा तयार भएको र सोही बमोजिमको संविधान संशोधन प्रस्ताव संसदमा प्रस्तुत हुनेमा दुईमत देखिदैन ।

    संविधान संशोधन बारे नेपाली जनताले निर्वाचित गरेर पठाएका संसदको प्रतिनिधित्व गरेका च्याउ जस्तै झांगिएका राजनितिक पार्टीहरुहरु बिचमा छलफल हुन सकेको छैन । तर भारतिय प्रधानमन्त्री नरेन्द्र मोदी, सुश्मा स्वराज, राजनाथ सिंह र भारतीय जासुसी संस्था ‘र’का प्रमुखसँगको भेटमा उनीहरुले प्रस्तुत गरेको संशोधनको खाका लिएर निधि नेपाल फर्कदैछन ।

    नयाँ संविधान जारी भएपछि नाकाबन्दीको लागि मुख्य भुमिका निर्वाह गर्ने भारत, छोटो राष्ट्रियता सिमित गरेका वर्तमान प्रधानमन्त्री प्रचण्ड र हतियारको रुपमा सथापित भएको मधेसी मोर्चा अहिले हातेमालोनै गरेर हिडिरहेका छन । भारतको स्वार्थमा रहेर संविधान संशोधनको चित्र दिल्लीमा कोरीनुले आम नागरिकमा पानी र फुस्रा चिउरा खाएर जोगाएको राष्ट्रियता माथि पुन प्रश्न चिन्न खडा भएको छ ।

    संविधानको अबको संशोधनमा अंगिकृत नागरिकता लिएका भारतीय नागरिकलेपनि नेपालको उच्च ओहदामा जस्तै राष्ट्रपति, प्रधानमन्त्री लगायतका पदमा पुग्ने मार्ग प्रसस्त हुनेछ । दोस्रोमा धर्मनिरपेक्ष राज्य भनिएकोमा अव हिन्दु राज्य हुनेछ । तेस्रोमा तराईका जिल्लामा निर्वाचन क्षेत्र निर्धारण गरिने । चौथोमा पहाडसँग छुट्याई तराईमा दुई प्रदेश बनाउने । र संविधान भन्दा बाहिरको र ठुलो चर्चामा रहेको विषय फास्ट ट्रयाक समेत नेपालले आफ्नै पैसामा नबनाउने भन्ने ओली सरकारले गरेको निर्णयलाई उल्ट्याईदिएको छ । भारतीय स्वार्थ अनुरुप उक्त बुँदाहरुमा संसोधन पश्चात नेपालको संविधान पूर्ण भएको भारतलाई महशुस हुनाको साथै कांग्रेस र माओवादी सँगै मदेशी मोर्चालाई भनेको जस्तै हुने अधिकांसको बुझाई रहेको छ ।

    वर्तमान प्रधानमन्त्रीको लागि विगत ११ महिना अघि नयाँ संविधान जारी हुनुपुर्व संविधान जारी हुन नदिन भारतले खेलेको भुमिकामा साथ नदिएपनि राष्ट्रवाद थियो तर अहिले सोही परिस्थिति उल्टिन पुगि खोल विनाको राष्ट्रवाद रहेछ भन्ने आम नागरिकले बुझ्न पुगे । त्यसैले दाहालले आफूले पहिले ओलीको पछि लागेर गरेका सम्पुर्ण कमजोरीहरुलाई सहर्ष स्वीकार गर्दै विशेष दुत निधि मार्फत नरेन्द्र मोदीलाई पत्र पठाएका थिए ।

    जुन दिन भारतले नेपालमाथिको अघोषित नाकाबन्दी खोल्यो त्यसको लगत्तै मधेसी मोर्चाले नाकाबन्दी हटेको निर्णय गरे । यस्ता कारणले नेपालमाथि नाकबाबन्दी गर्ने मधेसी मोर्चा होइन र यहाँको संविधान संशोधन चाहेको पनि मोर्चाले होइन भारतले हो भन्ने कुरा छर्लङग देखिएको छ, विभिन्न समयमा भए गरेका क्रियाकलापले । समग्रमा भन्नुपर्दा मोर्चा नेपाल बिरुद्ध भारतको षडयन्त्रमुलक हतियार हो ।

    मधेसी मोर्चाले नयाँ संविधानले मदेशी जनतामाथि विभेद र अन्याय गरेको गलत प्रचारले मदेशी जनताहरुमा पनि गलत बुझाई बन्यो । उक्त विषयहरु मधेसी समुदायको हितसँग जोडिएका विषय नभई मधेसी मोर्चाका आधा दर्जन नेता भारतीय स्वार्थ पूरा गर्ने गतिलो माध्ययम बनेका छन । मदेशी मोर्चासँग आवद्ध आम नेताहरुको संसदमा गरेको व्यवहार र सरकार ढाल्न मात्रै संसदमा आउनुले नै प्रष्ट हुन्छ ।

    यता प्रमु्ख प्रतिपक्षीको रुपमा एमाले सँगै राप्रपा, माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा एक ठाँउमा उभिएकोले पनि भारतको चाहाना र अहिलेको गठबन्धन सँगै मधेशी मोर्चाले भनेको जस्तो सहजै संविधानमा संसोधन भई अघि बढा्उन प्रतिपक्षीहरुले साथ देलान भन्ने विषय हेर्न बाँकी नै छ

    Loading...

    यसमा तपाइको मत

    अन्य समाचार