loading...

कताबाट चल्छ एमाले ! ‘के एमाले हरेक निर्णयमा गाजा खाएर हस्ताक्षर गर्छ ?’
  • पाथिभारा न्युज संबाददाता

    Sunday January 8, 2017 मा प्रकाशित


  • केशबराज जोशी/टिप्पणी
    नेपाली राजनीतिमा नेकपा एमाले एक अवसरवादी राजनीतिक दलको रुपमा चित्रित गर्दै आएको छ । सत्ता र स्वार्थको लागि उसले गरेका विगतका कयौ घटनाक्रमले एमालेको अवसरवादलाई छर्लङ्ग पारिसकेको छ ।नेपालमा राजतन्त्रविरोधी आन्दोलन चर्कीरहेको बेला एमाले नेता माधवकुमार नेपालले ज्ञानेन्द्र शाहलाई बिन्तीपत्र हालेको कुरा होस या महाकाली सन्धी पारित गराउदा एमालेले खेलेको भिलेन रोल र पछि गल्ती भयो भनेर स्वीकार गर्ने शैली कुनै कलाकारको भन्दा फरक छैन् । हरेक निर्णयलाई आफु अनुकुल ब्याखा गर्ने एमालेको चरित्रले मुलुकको राष्ट्रिय राजनीति गम्भीर संकटतीर धकेलिदैछ । नेपालको हरेक राजनीतिक उथलपुथलसंग जोडिएको एमालेले गरेका कतिपय निर्णयले मुलुक नै तरंगीत पनि नभएको होइन् ।


    यसबिचमा प्रश्न उठ्छ के नेपाली राजनीतिमा एमाले चरित्र नेपालकै लागि घातक हो या समय र वाध्यताको उपज हो । खासमा एमाले नेतृत्वमा केपी ओलीको आगमनपछि उनले बोलेका कतिपय कुरा र निर्णय निकै महत्वपुर्ण थिए भने कतिपय विवादीत पनि । एमालेले किन आफैले हस्ताक्षर गरेका निर्णयहरु मान्दैन ? यो आम प्रश्नको जवाफ एमाले दिन चाहदैनन् । सहमतीमा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै एमाले किन आफैले गरेको हस्ताक्षर सम्झदैन ।

    यहाँबाट प्रश्न उठ्छ के एमाले नेताहरुले हस्ताक्षर गर्दा विवेक गुमाएर गर्छन,के एमाले नेताहरु हरेक निर्णयमा हस्ताक्षर गर्नुअघि भाङ वा गाजा सेवन गर्छन,यदि होइन भने आफ्नै हस्ताक्षर किन बिर्सछन्,एमाले नेता र त्यसका सुप्रिमो केपी ओली । राजनीति आस्था र अडान एउटा कुरा हो तर आफ्नै विगतलाई बिर्सनु राजनीतिक बेइमानी बाहेक अरु केही हुन सक्दैन् ।

    पहिलो झुठ : संविधान संशोधनको 
    माओवादी–काँग्रेस गठबन्धनले मधेसको समस्या समाधानका लागि संविधान संशोधनको प्रस्ताव अघि सारेपछि एमाले अहिले सरकारको विरुद्धमा सडकमा छ । तर प्रचण्ड सरकारले ल्याएको संशोधनको प्रस्तावमा अहिले जे कुरा उल्लेख गरिएको छ त्यसमा एमाले अध्यक्ष केपी ओली हस्ताक्षर गरेका छन् । यहाँसम्मकी एमाले अध्यक्ष केपी ओलीले त सरकारले ल्याएको संविधान संशोधनको प्रस्तावलाई राष्ट्रघातीको संज्ञा समेत दिएका छन् । यदि यो प्रस्ताव राष्ट्रघाती थियो भने एमाले अध्यक्ष ओलीले किन हस्ताक्षर धस्काए,उनलाई कसले उक्सायो ?  खास सत्य के हो भने हाल सरकारले ल्याएको प्रदेश नम्बर पाँचको प्रस्तावमा यसअघि एमाले अध्यक्ष ओलीकै प्रस्ताव हो । २०७१ साल कात्तिक १७ गते संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिमा तत्कालीन सत्तारुढ कांग्रेस र एमालेले संविधानका विवादित विषयमा संयुक्त अवधारणा गर्दै सीमांकनको विषयमा एक प्रस्ताव राखेका थिए । जहाँ ओलीको समेत हस्ताक्षर रहेको छ ।

    दोश्रो झुठ : संघीयता बाध्यताले स्वीकार
    कान्तिपुर टेलिभिजनको एक बहसमा एमाले अध्यक्ष ओलीले अर्को विवादीत विषय ओकल्दै संघियतामा आफ्नो पार्टीलाई जवरजस्ती लगिएको बताए । यदि त्यसो हो भने के एमालेले गर्ने हरेक निर्णय गलत थिए । के एमाललाई  आफ्नो निर्णय आफै गर्नसक्ने विवेक छैन् । संघियता मन नपराउने चित्रहादुर केसीहरुले त विरोध गरेकै छन् । किन एमालेले संघियता स्वीकार गर्यो । पहिले ठिक भएको संघियता अहिले गलत छ भन्न नैतिकताले कत्तिको दिन्छ,प्रधानमन्त्री भइसकेका केपी ओलीले जानुन् । कान्तिपुर टेलिभिजनको कार्यक्रम ’फायर साइड’ मा भुषण दाहालसँगको अन्तर्वार्तामा अध्यक्ष ओलीले  भनेका छन्– नेपालमा संघीयताको माग जबर्जस्ती उठेको र आफूहरुले असन्तुष्टि संबोधन गर्न मात्र संघीयता स्वीकार गरिएको हो । यदि त्यसो थियो भने एमालेले अर्को गल्ती किन गर्र्यो ।

    अडान मात्रै लिने कि निकास पनि दिने
    राजनीतिमा अडान पनि मुख्य कुरा हो । तर अडान मात्रै लिने र निकासको बाटो बन्द गर्ने हो त्यसले हानी मात्रै छ । त्यही बाटोमा अहिले एमाले छ । अहिले एमालेले जसरी मधेसलाई पुरै नजरअन्दाज गर्न खोज्दैछ यो सिङ्गो मुलुकका लागि दुर्भाग्यपुर्ण छ ।  मधेस आन्दोलित भइरहेको बेला गत चुनावकै नतिजाको राक ओकल्ने हो भने मुलुक पाहाडी र मधेसीबिचको भावनात्मक विखण्डनमा जाने खतरा छ । जुन भावनात्मक विखण्डनले हामी सबैलाई पश्चातापको बाटोमा मात्रै लैजाने छ । होइन भने एमालेले निकासको बाटो या त खोल्नुपछ यसबाट मात्रै मुलुक र राष्ट्रियताको सुरक्षा हुनसक्छ

    loading...
    Propellerads

    यसमा तपाइको मत

    अन्य समाचार