loading...

राजु र शिलाको आउनु है ठुलीले ईजरायल र हङ्कङमा कब्जा जमायो
  • पाथिभारा न्युज संबाददाता

    Saturday January 7, 2017 मा प्रकाशित


  • पुर्वेली चर्चित गायक राजु आङ्देम्बे र गायिका शिला राईको आवाजमा रहेको गीत-

    आउनु है ठुली चासोकैमा च्याब्रुङ नाचौला ।
    आउनु है ठुले साकेलामा सिली नाचौला ।

    अब छिटै यो गीतको म्युजिक भडीयो बजारमा आउने भएकोछ ।भिडीयो आउनु अघिनै ईजरायल र हङ्कङ्को स्टेज कार्यक्रममा कप्जा जमाएर दर्शक स्रोताको मन मस्तिस्कमा बसी सकेको यो गीतको म्युजिक भिडीयोमा मोडल नुमाफुङ मिना मादेन र आयुश सुब्बाको अभिनय रहेकोछ । चर्चित गायक खगेन्द्र याक्सोको ब्यबस्थापन भुपेन्द्र तुम्बाहाम्फेको छायाङ्कन तथा दिनेश माङ्मुको निर्देशन रहेको यस गीतको म्युजिक भिडीयो केही दिनमै सार्वजनिक हुने गायक राजु आङ्देम्बेले जानकारी दिनु भयो ।

    किराँत जातिको मिथकिय भाबलाई टिपेर बनाइएको यो भाका लिम्बुको च्याब्रुङ नाच र राईको साकेला नाचको बिट्मा बनाइएको उत्कृस्ट भाका हो ।सम्भवत: अहिले सम्मकै किराँत जातिको दुई थरीको राई र लिम्बूको संस्कृती मिसाएर बनाइएको लोक भाका यहीनै पहीलो हुनु पर्छ ।

    यही गीतको माध्यम बाट गायक राजु आङ्देम्बे र गयिका शिला राईको यात्रालाई यो गीतले अर्को पाइला चाल्न मदत गर्दैन भन्नेमा कुनै संकानै छैन ।

     

    गायक राजु आङ्देम्बेलाई लिम्बु गीतको धरोहर मान्ने गरिन्छ । उनको आवाजमा १५० भन्दा बढी गीत रेकर्ड भई सकेकोछ भने दर्जन बढी लिम्बु गीत र नेपाली गीतको एल्बम निकाली सकेकाछन् ।

    गायक राजुको चैतैको महिना गुराँसै फुल्यो , गर्भमा आमा , थे आङ्ने केहापे , बाँसलाई काटी ,बैसाखे त्रिसाली आदि अनगीन्ती गीतहरु चर्चितछन् ।

    भिडीयोमा हेरौ गर्भमा आमा :

     

    Propellerads
    loading...

    यसमा तपाइको मत

    अन्य समाचार