loading...

यात्रुवाहक जीप पल्टदा २ को मृत्यु, ६ गम्भिर घाईते
  • पाथिभारा न्युज संबाददाता

    Saturday January 7, 2017 मा प्रकाशित


  • सन्तोष कार्की
    उदयपुर पुस २२ । उदयपुरको हर्देनीमा आज साँझ (शुक्रबार) भएको बोलेरो जीप दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
    जिल्लाको कटारीबाट मयाँखु तर्फ जादै गरेको जीप दुर्घटना हुदाँ जीप धनी हर्देनी ४ का टंक बस्नेत र हर्देनी १ का भिम कुमारी राउतको घटनास्थलमै मृत्यु भएको हो ।
    स १ ज ४०९ नम्बरको उक्त जिपमा ८ जना यात्रु सवार रहेकोमा ६ जना सिकिस्त विरामी परेका प्रहरी उपरिक्षक नरबहादुर केसीले बताउनु भयो । सिकिस्त विरामी ५ जनालाई विराट नगर र २ जनालाई काठमाण्डौ रिफर गरिएको कटारी अस्पताल स्रोतले जनायो । जिप सिद्धिचरण लोकमार्गको हर्देनी ४ स्थित गहुबारी नजिकै सडकबाट करिव १०० मिटर तल खसेको स्थानीय केशव बस्नेतले जानकारी दिनु भयो । घाईते हुनेमा हर्देनी–४ का वर्ष नखुलेको विष्णु बहादुर राउत , वर्ष नखुलेको सन्तोषी बस्नेत , ३० वर्षिय भेषराज राउत , १४ वर्षिय विमल बस्नेत , ४० वर्षिय लिलबहादुर कार्की र १७ वर्षिय एलिना श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । घाईतेहरु सबैलाई कटारी अस्पत्तालमा प्राथमिक उपचार गरी थप उपचारका लागि विराटनगर स्थित न्युरो अस्पत्ताल रेफर गरिएको कटारी अस्पत्तालले जनाएको छ । मृतक बस्नेत जीप धनी र दुर्घटनाको समयमा बस्नेतले नै जीप चलाएको बताईएको छ ।

    loading...
    Propellerads

    यसमा तपाइको मत

    अन्य समाचार