loading...

मोसफल मै सङ्गीतमा करियर नबन्ने होईन : गायीका केसु
  • पाथिभारा न्युज संबाददाता

    Friday January 6, 2017 मा प्रकाशित


  • डिल्ली हुमागाइ, सोलुखुम्बु जिल्लामा बिस २०३२ सालमा जन्मिएकी केशु गुरुङको बाल्यकाल भने झापा जिल्लाको गोलधाप गाबिसमा बितेको थियो।पिता हर्क बहादुर गुरुङ र माता पुर्णमाया गुरुङ कि पहिलो सन्तानको रुपमा जन्मिएकी केशुका बुबा भारतिय सैनिक भएकोले सानी छदा तेति दुखको अनुभुती गर्नु परेको थिएन तर दुर्भाग्य बस बुबाको देहान्त पस्चात धेरै असजिलो भएको थियो।
    आफुले गोलधापको जनजागृती उच्च माध्यामिक बिधालयमा पढाइ गरेको बताउनु भयो पढ्ने ढेर सारा इच्छा हुदा हुन्दै पनि सोछे जस्तो तवर बाट अगाडि बढाउन नसकेको कुरा उल्लेख गर्नु भयो ।घरमा आमा र सानी बहिनी मात्र भएकोले आफ्नो पनि घर मा विशेष भुमिका भएको ले पढाइ कक्षा १० भन्दा अगाडी बढाऊन सकिनन् ।
    सानै बाट आफु गित सङ्गित प्रती झुकाव भएको र स्कुल जिवन मा धेरै कार्यक्रम मा भाग लिने र पुरस्कार जित्ने गरेको कुरा उल्लेख गर्नु भयो।उहा एउटा बिउटिसियन बाट आफ्नो करियर सुरु गरेता पनि उहाको मोफसलका फिल्मि ब्यत्तित्व हरु सङ्गको उठ बसले उहालाइ अभिनय तर्फ डोर्‍याउन थालो ।
    मोफसल को अभिनय बाट आगाडी बढने क्रम मा ४वटा फिलिममा अभिनय गर्नु भएको छ जुन मिसन जङ्गल, सम्बन्ध, क्षितिज पारिको माया र हाम्रो सस्कार रहेका छ्न । यहा सम्मको यात्रा तय गर्दा धेरै बाधा आवरोध को सामना गर्नु परेको बताउनु भयो।
    सम्बन्ध को रेकर्डिङ चलिरहेको बेला निर्देशक को अनुरोध बाट गायन सुरु गरेकी गुरुङ को अहिले भने साङ्गितिक करियरको लागी मेहेनत र परिश्रम गरेर अगाडि बढीरहेकी छिन।
    मोफलमा उहाले श्रीकृष्ण लुइँटेल को बोकेदारी टेलि सिरियल र काठमाडौ मा प्रकाश ओझाको गायकी त्रिशुल मा समेत आफ्नो अभियानबाट सबै सामु प्रस्तुति भएको बताउनु भयो।
    आफुले आफ्नो सोलो एल्बम निकाल्नु भन्दा पहिले पनि सकुन्तला फिलिम मा जिवन परियार र राजु लामा सङ्ग स्वर रेकर्ड गराइ सकेकी गुरुले अहिले आएर सङ्गितलाइ नै बिशेश जोड दिइरहेको बताइ दुबै वटा अभिनय र सङ्गित लाइ साथ साथ पनि लान नसक्ने भन्ने होइन तर पनि सङ्गित लाइ बढी समय खर्ची रहनु भएको छ।
    आफ्नो घर परिवार ब्यापार ब्यवसाय सङ्ग सम्बन्धित भए पनि उहाको गित सङ्गित को लागी र करियर को पुरा सपोर्ट रहेको कुरा उल्लेख गर्नु भयो बिबाह पहिला आमा को साथ र सहयोगले अनि बिबाह पश्चात श्रीमान को साथ र सहयोग ले यो अवस्था आइपुगेको भने भन्न रुचाउनु हुन्छ।अहिलेको समय भने आफ्नो रियाज र परिवारको लगि दिइरहनु भएको कुरा जोडनु भयो । गुरुकुल संगीतालय बाट सिक्ने क्रम पनि सङ्ग सङ्गै लगि रहनु भएको छ।
    उहाले बिभिन्न स्टेज प्रोग्रामहरु पनि उहाको बाक्लो उपस्थिति हुने कुरा समेत जोड्नु भयो यस्तै उहाले विभिन्न कार्यक्रम मा जर्ज को भुमिका समेत निभाउनु भएको कुरा बताउनु भयो।
    अब आउने दिनहरुमा आफुमा रहेको प्रतिभामा अझै निखारपन ल्याएर आफु अझै राम्रा र सुमधुर गित बजारमा ल्याउन हरतरह को कोसिसमा रहने प्रतिबद्धता जाहेरी गर्नु भयो सम्मपुर्ण दर्शक स्रोतालाइ आफु लोक आधुनिक गायिका भन्न रुचाउने गुरुङ ले अझै जिन्दगीमा धेरै गर्न बाकी रहेको र आफ्नो कोसिस हरदम राम्रो गर्न मा रहने कुरा बताइन।।

    loading...
    Propellerads

    यसमा तपाइको मत

    अन्य समाचार