त्रिभुवन विमानस्थलबाट हात्ती पनि छिर्छ ! कसरी बाहिरियो ३३ किलो सुन् ?

 विश्वकै विख्यात अपराधी चाल्स सोभराजले केही वर्षअघि भनेका थिए, ‘नेपालको अन्तराष्ट्रिय विमानस्थलबाट हात्ती पनि छिराउन सक्छु ।’ दुवईबाट ल्याइएको ३३ केजी सुन विमानस्थलबाट बाहिरिएपछि सोभराजको भनाइ बिहीबार प्रमाणित भएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा छल्दै सुन तस्करहरुले १५ करोड मूल्य बराबरको ३३ किलो सुन ट्याक्सीमा हालेपछि विमास्थलको सुरक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठेको छ ।

विमानस्थलबाट बाहिरिएको सुन प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआइवी)ले पिङगला स्थानबाट बरामद गरेको छ । प्रहरीले सुनसँगै तीनजनालाई पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोकी प्रवक्ता समेत रहेकी चौधरीले झण्डै १५ करोड मुल्य बराबरको सुन वरामद भएको जानकारी दिइन् । ‘
विमानस्थलबाट संगठित रुपमा सुन तस्कर भइरहेको र प्रहरीले नियन्त्रणमा लिन नसकेको भन्दै आलोचना भइरहेका बेला व्यूरोले चलाएको अप्रेसनमा ठूलो परिणामको सुन पक्राउ गरेको हो ।

विमानस्थल प्रहरी र भन्सार कार्यालयको कडा सुरक्षा जाँचकाबीच ठुलो परिणममा विमानस्थलबाट सुन बाहिरिनुले त्यहाँका प्रहरी र भन्सार कार्यालयका कर्मचारीमाथि अनुसन्धान गर्नुपर्ने देखिएको छ ।

विमानस्थल भन्सार कार्यालयका कर्मचारीहरु एक्स्रे मेसिनसहित भन्सार जाँचका लागि बसेका हुन्छन । विमानस्थलबाट सुन बाहिरिनुले ती सुन तस्करहरुले कसरी प्रहरी र भन्सार छल्न सके भन्ने गम्भीर प्रश्न उठेको छ । प्रहरीले सुन तस्कर मात्र नसमातेर भन्सार कर्मचारी र सुरक्षामा खटिएका प्रहरीलाई समेत पक्राउ गरेर अनुसन्धान गर्नुपर्ने देखिएको छ ।

३३ किलो सुनसहित पक्राउ पर्नेमा दुवईमा बस्दै आएका बाँके नेपालगञ्जका गोपालबहादुर शाही, मोरङका दिलबन्धु थापा र दुवइमै काम गर्दै आएका जनकपुरका सन्तोष काफ्ले रहेका छन् ।

शुक्रबार, पुस २२, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार