करेला खानुस्, पत्थरीबाट यसरि छुट्कारा पाउनुस्

एजेन्सी । ‘करेला’ आफैंमा एउटा औषधि हो । विभिन्न शास्त्रहरुमा पेट ठिक गर्ने औषधिको रुपमा करेलाको वर्णन भएको पाइन्छ । कतिपय मानिसहरु तितो भन्दै करेला मन पराउँदैनन् ।

karela

तर, बुझ्नुपर्ने कुरा के हो भने हाम्रो स्वास्थ्यको दृष्टिकोणले करेला निकै लाभदायक मानिन्छ । त्यति मात्र होइन, करेलाको पातमा पनि धेरै प्रकारका गुणहरु छन् । पत्थरी भएका व्यक्तिहरुका लागि त रामवाण नै मानिन्छ, करेलालाई । करेलाको रस सेवन गर्नाले पत्थरीलाई निकाल्न निकै मद्दत पुग्छ । कान दुख्ने समस्याबाट छुट्कारा पाउन पनि करेलालाई प्रयोग गर्न सकिन्छ ।
कान दुख्ने समस्याबाट ग्रसित भएका व्यक्तिले करेलाको पातको रस निकालेर ४ थोपा कानमा राख्नुस् । तपाईलाई धेरै राहत हुनसक्छ । घाउबाट पिप ननिस्केसम्म धेरै दुख्ने गर्दछ । घाउ नपाक्दा झनै समस्या हुन्छ । यी समस्याबाट छुट्कारा पाउन करेलाको जरालाई पिसेर घाउमाथि लगाउनुस् । त्यसपछि घाउ पाकेर पिप निकाल्न सकिन्छ ।

बिहिबार, पुस २१, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार