प्रचण्डलाई मधेसी नेताको प्रश्न : नारायणकाजी र रामचन्द्र एमालेका भरौटे हुन् ?

२१,पुस,काठमाडौं ।  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताले प्रधानमन्त्री ‘प्रचण्ड’ लाई भेटेर सर्वोच्च अदालतले संविधान संशोधन प्रक्रिया अगाडि बढाउने बाटो खोलिसकेका बेला विनाकारण  संसद बैठक स्थगित गर्नुको कारणबारे जानकारी लिने बताएका छन्  ।

सत्तारुढ काँग्रेस–माओवादी केन्द्रकै केही नेता एमालेसँग मिलेर संशोधन विधेयक फेल गराउने डिजाइनमा लागेको निस्कर्षसहित मोर्चा नेताले प्रधानमन्त्री भेट्न लागेका हुन् । फोरम गणतान्त्रिक अध्यक्ष राजकिशोर यादवले लामो समयसम्म बिनाकारण संसद बैठक स्थगन गर्नुलाई आफूहरुले राम्रो संकेतमा रुपमा नलिएको बताए ।उनले काँग्रेसका नेता रामचन्द्र पौडेल र माअ‍ेवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ एमालेसँग मिलेको आरोप लगाए । मोर्चाले यी दुवै नेता एमालेका भरौटे भएको निष्कर्ष समेत निकालेको छ ।

उनले संशोधन विधेयकमा एमालेले सहयोग नगर्ने स्पष्ट हुँदाहुँदै काँग्रेस र माओवादीका ती नेता किन एमालेको खेताला बनेको भन्दै प्रश्न गरे ।
एमालेबिना नै दुई तिहाई पु¥याउन लाग्नुपर्नेमा उल्टै एमालेको सहयोगी भूमिकामा सत्तापक्षकै नेता लाग्नु आश्चर्यको विषय भएको उनले बताए ।

बिहिबार, पुस २१, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार