Loading...

केपी ओलीले भने- पैसा माग्दा नपाएपछि प्राधिकरणका सीईओ हटाइयो
  • पाथिभारा न्युज संबाददाता

    Thursday January 5, 2017 मा प्रकाशित


  •  

     
    सिइओ ज्ञवालीलाई नियम र कानूनअनुसार हटाउन नमिल्ने प्रमुख प्रतिपक्षी दलका नेता ओलीले विहीबार पत्रकारहरुसँग बताए ।२१ पुस, काठमाडौं । मन्त्रिपरिषद बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीलाई बर्खास्त गरेको केही घण्टामै एमाले अध्यक्ष केपी ओलीले आपत्ति जनाएका छन् ।

    एमालेले शुक्रबार राजधानीमा गर्न लागेको प्रदर्शनबारे जानकारी दिन पार्टी कार्यलयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा एमाले नेता ओलीले ज्ञवालीलाई बर्खास्त गर्ने सरकारी निर्णयको खरो आलोचना गरेका हुन् ।

    सत्तापक्षका नेताहरुले विभिन्न तालिमका नाममा प्राधिकरणमा पैसा मागेको र ज्ञवालीले नदिएपछि उनलाई हटाइएको ओलीले दाबी गरे ।

    त्यसैगरी आफ्नो पार्टी निकटका संस्थाहरुलाई सत्तारुढ दलले पैसा माग्दा नपाएपछि ज्ञवालीलाई हटाइएको उनले आरोप लगाए ।

    त्यस्तै अर्थ मन्त्रालयले प्राधिकरणलाई बजेट नदिएको र काममा असहयोग गरेर अन्ततः कामै नगरेको भन्दै हटाइएको ओलीले थप आरोप लगाए ।

    प्रचण्डको नेतृत्वमा सरकार बनेको सुरुदेखि नै ज्ञवालीलाई कांग्रेस र माओवादी नेतृत्वको सरकारले नरुचाएको ओलीको भनाइ छ । उनले सिइओ हटाउनु नियम र कानुन विपरीत कार्य भएको बताए ।

    सरकारले भूकम्प पीडितसँग खेलवाड गरेको आरोपसमेत ओलीले लगाए ।

    सरकार पक्षले भने ज्ञवालीले भूकम्प पीडितको पक्षमा काम गर्न नसकेको र प्राधिकरणलाई एनजिओ एवं एमाले कार्यकर्ताको भर्तीकेन्द्र बनाएको आरोप लगाउँदै आएको थियो ।kp-oli

    Loading...

    यसमा तपाइको मत

    अन्य समाचार