loading...

बेथेको सागका अनेक फाइदा ! क्यान्सर, पत्थरी, कब्जियत, छालासम्बन्धी
  • पाथिभारा न्युज संबाददाता

    Wednesday January 4, 2017 मा प्रकाशित


  •  समाधान गर्न गुणकारी तरकारी :: जानकारीका लागि पढ्नु होस

    स्तन क्यान्सर – आयुर्वेदमा गरिएको एक अनुसन्धानले बेथेको साग नियमित खानाले स्तन क्यान्सरको सम्भावना कम हुने देखाएको छ । यसमा उपलब्ध सेलिनियम, ओमेगा–३ र ६ – फैटी एसिड स्तन क्यान्सररोधक हुन्छन् ।

    जोर्नी दुख्ने – बेथेको १० ग्राम दानालाई करिव दुई मिलीलीटर पानीमा उमाल्नुहोस् । ५० मिलीलीटर रहुन्जेल उमालेपछि ताततातै पिउँनुहोस् । यस्तो एक महिनासम्म विहान–बेलुका पिउनुहोस्, जोर्नी दुखाईबाट तपाईलाई राहत मिल्छ । यसको ताजा पातलाई पिसेर हल्का तताएर दुखेको ठाउँमा राखेर बाध्नुहोस् । यसो गर्नाले आराम महसुश हुन्छ ।

    पेटसम्बन्धी रोग – जहिलेसम्म बेथेको सब्जी मिल्छ, खाने गर्नुहोस् । बेथेलाई पानीमा उमालेर पिउनुहोस् । यसले पेटका हरेक प्रकारका रोगलाई पनि ठिक गर्छ ।

    पत्थरी – एक गिलास काँचो बेथेको रसमा सख्खर मिसाएर दैनिक पिउने गर्नुहोस्, पथ्थरी गालेर झार्छ ।

    कब्जियत – बेथेले पेटलाई ताकत दिन्छ र कब्जियत हुन दिँदैन । यसले पेटलाई सफा गर्छ ।

    अनियमित महिनावरी – दुई चम्चा बेथेको दाना एक गिलास पानीमा उमाल्नुहोस् । पानी आधा सुकेपछि छानेर पिउँनाले रोकिएको महिनावारी खुल्छ ।

    छालासम्बन्धी रोग – बेथेलाई उमालेर निचोरेर रस पिउनाले र सागलाई सब्जी बनाएर खानुहोस् । २ कप बेथेको पात पिसेर बनाएको रसमा आधा कप तेल मिसाएर हल्का तताउनुहोस् । जब पानी सुकेर तेलमात्र रहन्छ, त्यसलाई छानेर एक सफा सिसाको बट्टामा राख्नुहोस् ।

    त्यसलाई छालामा दैनिक लगाउने गर्नुहोस् । लामो समय लगाइराख्ने गर्नु भएमा छालाका दाग, दाथ, चिलाउने, कुष्ठरोग आदि रोग टाढा भाग्छ ।

    loading...
    Propellerads

    यसमा तपाइको मत

    अन्य समाचार