loading...

अब काठमाडौंदेखि धादिङसम्म सुरुङ मार्ग
  • पाथिभारा न्युज संबाददाता

    Tuesday January 3, 2017 मा प्रकाशित


  • थानकोटको विकल्प सीतापाइला-धार्के सडक

    काठमाडौंः सरकारले कलंकी-नौविसे सडकको विकल्पका रूपमा सीतापाइला-धार्के सडक विस्तार गर्ने भएको छ । काठमाडौंबाट नौविसे हुँदै धार्केसम्म जाने सडकमा ट्राफिक जाम बढेपछि विकल्पमा सीतापाइला-धार्के सडक निर्माण गर्न लागिएको हो ।अब काठमाडौंदेखि धादिङसम्म सुरुङ मार्ग

    सडक विभागका महानिर्देशक देवेन्द्र कार्कीले सीतापाइला-धार्के सडक निर्माण गर्न सरकारले प्राथमिकताका साथ काम अघि बढाएको जानकारी दिए । यसका लागि कुवेत सरकारले विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनसमेत सरकारलाई दिइसकेको छ ।

    उनका अनुसार कुवेतले सीतापाइलादेखि धार्केसम्म २५ किलोमिटर सडक बनाउन चाहेको भए पनि यसको प्रक्रिया ढिलो भएकाले डीपीआर मात्रै सरकारले स्वीकृत गरेको हो । यही प्रतिवेदनअनुसार अब यो सडक नेपाल सरकार आफैंले बनाउने गरी प्रक्रिया अगाडि बढाइरहेको छ ।

    यो सडक निर्माण गर्न सरकारले चालू आवकै लागि १५ करोड रुपैयाँ विनियोजन गरिसकेको छ । थप २५ करोड रुपैयाँका लागि पनि कार्यक्रम बनाएर पेश गर्न निर्देशन दिइएको कार्कीले बताए ।

    सीतापाइलाबाट सुरु हुने यो सडक धार्के जोडिदाँसम्म २५ किलोमिटरको हुन्छ । यो सडक निर्माणको कुल लागत दुई अर्ब ५० करोड रुपैयाँ हुने गरी कुवेती सरकारले प्रतिवेदन दिएको छ ।

    सीतापाइलाबाट सुरु हुने यो सडक धार्के जोडिदाँसम्म २५ किलोमिटरको हुन्छ । सडक निर्माणको कुल लागत दुई अर्ब ५० करोड रुपैयाँ हुने अनुमान छ ।

    सडक विभागका वैदेशिक महाशाखा प्रमुख संजयकुमार श्रेष्ठले प्रतिकिलोमिटर १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको बताए । काठमाडौंको कलंकीबाट नौविसे हुँदै जाने र काठमाडौं फर्कंदा धार्केबाट महेशफाँट हुँदै सीतापाइला आउन यो सडक प्रयोग गरिनेछ ।

    श्रेष्ठका अनुसार अहिले भएकै ट्र्याकअनुसार बनाइने यो सडक सरकारले प्राथमिकताका राखेर निर्माण थाल्ने भएको छ । दुई लेनको यो सडक निर्माण गर्न कुवेत सरकारले करिब १५ करोड रुपैयाँ खर्च गरेर डीपीआर बनाएको थियो । कुवेतले अनुदानमा बनाइदिएको यो प्रतिवेदन नेपाल सरकारलाई बुझाएकाले सोही प्रतिवेदनका आधारमा सडक निर्माण हुनेछ ।

    सडक निर्माण प्रक्रिया अगाडि बढाउने काम चितवन सडक डिभिजन कार्यालयले गरिरहेको छ । चितवन डिभिजन कार्यालयका प्रमुख सुशीलबाबु ढकालका अनुसार चालू आवमा जम्मा १५ करोड रुपैयाँ विनियोजन भए पनि थप २५ करोड रुपैयाँको सीमाभित्र रहेको कार्यक्रम बनिसकेको छ ।

    यो कार्यक्रम स्वीकृत भएपछि काठमाडौंबाट १० किलोमटिर र धादिङ खण्डको १५ किलोमिटर सडक निर्माणको काम सुरु हुनेछ । काठमाडौंतर्फको १० किलोमिटर सडक चौडा बनाएर दुई लेनको बनाउन ठेक्कासमेत भइसकेको छ ।

    सीतापाइलाबाट सुरुङमार्ग

    सीतापाइलाबाट धादिङको महेशफाँट जोड्न सुरुङमार्ग निर्माण हुने भएको छ । सडक विभागका इन्जिनियर तथा वैदेशिक महाशाखा प्रमुख श्रेष्ठका अनुसार कुवेत सरकारले तयार पारको प्रतिवेदनमा दुई सय ५० मिटरसम्मको सुरुङमार्ग बन्ने उल्लेख छ ।

    सीतापाइला नजिक वाफल खोला किनारबाट सुरु हुने यो सुरुङमार्गले महेशफाँटतर्फको धादिङलाई जोड्नेछ । यो सुरुङ मार्ग नागढुंगा-नौविसेको जस्तै हुने श्रेष्ठले जानकारी दिए । तीन लेनको सुरुङ मार्गमा दुई लेन प्रयोग हुन्छ भने एक लेन आकस्मिक प्रयोजनका लागि राखिन्छ । यो सुरुङमार्ग छोटो हुने भएकाले यसमा मोटरसाइकल पनि प्रवेश गर्न पाउने जानकारी श्रेष्ठले दिए ।

    सीतापाइलाबाट सुरुङमार्गसहितको सडक बनाउँदा आधा घन्टामै धार्केबाट सीधापाइला आउन सकिन्छ । उनका अनुसार धार्केबाट नौविसे हुँदै आउने सडक उकालो पर्ने र सवारी बिग्रदाँ हुने जाम तथा त्रिशूली खण्डको जोमिख घटाउन पनि सीतापाइला धार्के सडक उपयोगी हुन्छ । धार्केबाट काठमाडौं आउन सीतापाइला भएर आउने गरी यो सडक प्रयोगमा ल्याउन सकिने विभागको भनाइ छ ।

    विभागका अनुसार सडक निर्माण गर्दा कम्तीमा प्रतिकिलोमिटर ६ करोड खर्च लाग्छ । सुरुङमार्गका लागि प्रतिकिलोमिटर दुई अर्ब रुपैयाँ खर्च हुन्छ । सीतापाइलाबाट निर्माण हुने यो सडकको सुरुङमार्ग छोटो भएकाले ५० करोड रुपैयाँसम्ममा बन्ने अनुमान सडक विभागको छ ।

    Propellerads
    loading...

    यसमा तपाइको मत

    अन्य समाचार