Loading...

जानीराखौँ यस्ता छन् कागतीभित्र पाइने औषधियुक्त गुणहरु::जानकारिको लागि पूरा पढ्नु होस
  • पाथिभारा न्युज संबाददाता

    Sunday January 1, 2017 मा प्रकाशित


  •  

    कागतीले सौन्दर्य र घरको शोभा बढाँउछ भनेर पुराणमा लेखिएको छ। यसले पाचन शक्ति वृृद्धि गर्छ, भोक जगाउँछ र शरीरमा स्फुर्ति बढाउँछ। यसमा पर्याप्त मात्रामा भिटामिन ‘सी’ पाईन्छ। दालसँग प्रयोग गर्दा कागतीले शररीमा लौहतत्व शोषण गर्न मद्दत गर्दछ। सधैँ कागती खाने घरका मानिस बिरामी हुदैनन् भन्ने प्राचीन मान्यता छ।

    वाकवाकी लागेमा : काटेर नुनमा मिसाएर चाट्ने।

    उच्च रक्तचापमा : एक चम्चा रस एक कप पानीमा मिसाएर पिउने।

    जन्डिस हुँदा : १० वटाजति पात पानीमा उमालेर पिउने।

    घाँटी दुख्दा : उमालेको पानीमा महसँग मिसाएर पिउने।

    मुख गन्हाउँदा : रस पानीमा अलिकती हालेर कुल्ला गर्ने।

    मुखमा घाउ भएमा : रस पानीमा हालेर बारम्बार पिउने।

    दाँतबाट रगत आएमा : बोक्रा सुकाएर पिस्ने र कम नुनमा मिसाएर दाँत माझ्ने।

    चिसो लाग्दा : एक कप तातो पानीमा निचोरेर एक चम्चा मह मिसाउने र बारम्बार पिउने।

    लु लागेका बेला : दुई चम्चा चिनी ,आधा चम्चा नुन र तीन चम्चा कागतीको रस पानीमा मिसाएर पिउने।

    जुम्रा पर्दा : दुई चम्चा रस र १/२ चम्चा लसुनको लेदो बनाएर ३/४ घण्टासम्म टाउकोमा लगाउने। कपालको जरामा लेदोले मसाज गर्ने ,३/४ घण्टापछि पखाल्ने, जुम्रा ननिख्रनुजेल सातामा २्/३ चोटी यो प्रक्रिया देहोर्याइ रहने।

    अपच भएका बेला : स्कागती र अदुवाको सानासाना टुक्रा पारेर खाने। यसमा पाईने अमिलो तत्वमा औषधिको गुण हुन्छ।

    रक्सिको मात्रा बढी भएमा : पानीमा कागती र नुन हाली २ गिलाश जति पिएमा पनि रक्सिको नसा कम हुन्छ।

    तौल घटाउन : बिहान बिहान खाली पेटमा कागतीपानी खाएमा पनि तौल घट्ने दाबी गरिन्छ।

    रुघा खोकी लाग्दा : रुघा खोकी लागेको बेलामा जिवानुको प्रभावलाई कम गर्न भिटामीन सी को मात्र कागतीबाट पाईने हुदा कागती हालेको लेमोन टी पिउनाले रुघाखोकी बाट आराम हुने गर्दछ।

    पसिना गन्हाउने समस्यामा : पानीमा दुई चम्चा रस राखेर नुहाउने, नुहाईसकेपछि बोक्रा काखी र खुटटामा दल्ने।

    छालाको सौन्दर्य बढाउन : अलिकती बेसन र दहीमा रस मिसाएर लगातार अनुहारमा लेप लगाउने र केहिबेरपछि धुने।

    Loading...

    यसमा तपाइको मत

    अन्य समाचार