कर्णको ४ गोलसँगै विर्ता युनाइटेड झापा सेमिफाइनलमा

दिपक बोहोरा पाँचथर– विर्ता युनाटेड झापा सहज जितका साथ पाँचथरको फिदिममा जारी आठौं फाल्गुनन्द गोल्ड कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । सेर क्लब कालेम्पुङ भारत लाई ७– ० ले हराउदै विर्ता युनाइटेडले अन्तिम चारको यात्रा तय गरेको थियो । विर्ता युनाइटेडका लागि कर्ण लिम्बुले चार, रञ्जित श्रेष्ठले २ र निशान खड्काले १ गोल गरेका थिए ।

dsc_0275
आइतबार फिदिम उच्च मा.बि को मौदानमा १३ औं मिनेटमा कर्ण लिम्बुको गोलबाट विर्ताले अग्रता लिको थियो । वुद्ध चेम्जोङको पासमा विपक्षी टोली कमजोरी फाइदा उठाउँदै कर्णले गोल गरेका हुन् । रञ्जित श्रेष्ठले २३ औं मिनेटमा गोल गरे भने २७ औं मिनेटमा कर्णले हेड मार्फत व्यक्तिगत दोश्रो गोल गरेको थिए ।

रञ्जितले २८ औं मिनेटमा अर्को गोल थपे । कर्णले ३३ औं मिनेटमा ह्याट्रिक पुरा गरेका थिए । कप्तान योगेश गुरुङले प्रहार गरेमा विपक्षी गोलकिपरले बल राम्ररी नियन्त्रणमा लिन नसकेपछि त्यसैमा कर्णले गोल गरेका थिए । निशान खड्काले ३७ औं मिनेटमा गोल थपे । कर्णले दोस्रो हाफमा चौथो गोल गरेका थिए । ५३ औं मिनेटमा कर्णले अर्को गोल थपे रञ्जित श्रेष्ठको प्रहार पोलमा ठोक्किएर फर्केपछि त्यहि रिबाउन्डमा कर्णले गोल गरेका हुन् । कर्ण खेलको म्यान अफ दी म्याच घोषित भए ।

फाल्गुनन्द गोल्ड कपमा सोमबारको खेल

  • हिमालयन शेर्पा क्लब काठमाण्डौ विरुद्ध एलाभेन एरोज दुहबि सुनसरि
    समय दिनको ठिक २ बजे
    फिदिम उच्च माबि को खेलमैदान

आइतवार, पुस १७, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार