आठौ टुवोग अन्र्तराष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको आजको खेलमा ताप्लेजुङ विजयी

पाँचथर, १६पौष / पाँचथरको फिदिममा जारी आठौ टुवोग अन्र्तराष्ट्रिय आमन्त्रण फाल्गुनन्द गोल्डकप फुटवल प्रतियोगिताको आजको खेलमा कर्णसिहं सोनाम स्मृति क्लव ताप्लेजुङ विजयी बनेको छ । आज भएको खेलमा साइनो स्पोटिङ क्लव मोरङ लाई १—०को झिनो गोल अन्तरले पराजित गर्दे ताप्लेजुङ क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलको दोस्रो हाफको १६ औ मिनेटमा खमिर गिल्सन कन्दङवा लिम्वूले ताप्लेजुङको तर्फबाट एक गोल गरेका थिए । जवाफमा मोरङले भने एक गोल पनि फर्काउन सकेन् । आजको खेलको म्यान अफ दि म्याच भने मोरङका बुद्धिमान राई भएका छन् ।

प्रतियोगिता अन्र्तगत भोली शेर क्लव कालिम्पोङ भारत र विर्ता यूनाइटेड झापा ११ वीच प्रतिस्पर्धा हुने आयोजक फिदिम स्पोटिङ क्लवका अध्यक्ष किरण श्रेष्ठले जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले २ लाख ५० हजार र उपविजेताले १ लाख ५० हजार रुपैया हात पार्ने छन् । प्रतियोगितामा नेपाल,भारत र भुटान गरी १० टिमको सहभागिता रहेको छ ।

शनिबार, पुस १६, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार