loading...

सुनको भाउ शुक्रबार पनि तोलामा ३ सय बढ्यो
  • पाथिभारा न्युज संबाददाता

    Friday December 30, 2016 मा प्रकाशित


  •  

    काठमाडौं, पुस १५ । शुक्रबार पनि सुनको भाउमा बृद्धि आयो ।

    यसदिन सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर तोलाको ५३ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सुनको मूल्य विहीबार पनि तोलामा ३ सय रुपैयाँले बढेको थियो ।

    एकै सातामा सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको छ । सुनको मूल्य आइतबार तोलाको ५२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    शुक्रबार चाँदीको भाउ भने तोलाको ७ सय ६५ रुपैयाँमा स्थीर रहेको महासंघले जनाएको छ ।

    loading...
    Propellerads

    यसमा तपाइको मत

    अन्य समाचार