loading...

प्रवासमा पनी अपनत्व समाजले दिदोरैछ : न्यौपाने
  • पाथिभारा न्युज संबाददाता

    Friday December 30, 2016 मा प्रकाशित


  • जगत लुइँटेल युएई बुबा प्रेम प्रसाद न्यौपाने र आमा रुक्मिणा देबि न्यौपानेको कान्छो सुपुत्रका रुपमा मिति २०३२ मा चन्द्रगढी ८ मा जन्मनु भएका शेषराज न्यौपानेको बाल्य काल सुखदै बितेको थियो, बिरेन्द्र मा.बि बाट २०५२ साल मा एस.एल.सि ऊत्रिण गरेका न्यौपाने ले मेची बहुमुखि क्यम्पस झापा बाटै प्रबिणता प्रमाण पत्र तह को अध्यायन गरे भने स्नातक को लागी सरस्वति बहुमुखि क्याम्पस चावहिल काठमाण्डौ भर्ना भए पनि काम र पढाई सगै डोर्याऊन नसकेको जानकारी गराए ।
    काठमाण्डौ मा रहदा प्रिन्टिङप्रेस मा काम गरे र केहि समय पश्चात त्यहि पेसा लाई व्यवसाय को रुप अंगालेका न्यौपाने लाई नेपालको राजनिति अस्थिरता ले चौपट पार्यो, बैदेशिक रोजगारीको कल्पना पनि नगरेका ऊनलाई तत्कालीन राजा ज्ञानेन्द्र ले शासन सत्ता हात लिए पछी को भयावह भएको व्यापार व्यवसाय को भुमरी मा परेपछी मलेशिया जान बाध्य बनायो र बिदेश होमिएको बताऊछन ।
    आफुले गरिरहेकै काम मा मलेसिया पुगे तर त्याहा अर्कै काम लगाईयो बिरोध गर्दा ७ दिन जेल बस्नु पर्यो मानब अधिकार र कानुन फितलो भएको मलेसिया मा वाध्य भएर ३ बर्ष बसेर नेपाल फर्के, आफ्नो पुरानै व्यापार मा फर्कने प्रयास गरेपनी सफल हुन सकेनन् र पुन राहदानी बोकि दुबई आई पुगेको बताऊछन, आर्थिक रुपमा केहि सक्क्षम भए पनी बिदेसिनु ले धेरै कुरा गुमाऊनु परेको उनको बुझाई छ ।

    हरी कट्टुवाल मार्फत झापाली समाज मा आबद्ध हुनु भएको न्यौपाने समाज मा के दिए त्यो अरुले मुल्याङ्कन गर्ने हो तर मैले के पाए त्यो महत्वपुर्ण हो मेरो लागी भन्नु हुन्छ , मैले समाज बाट धेरै थोक पाएको छु हिजो ५/१० जनाले मलाई चिन्दैनथे तर आज एउटा परिचय स्थापित भएको छ सिङ्गो परीवार पाएको छु घर बाट टाढा रहेको एकलोपन को महसुस दुर भएको अनुभुति गरेको छु ।
    झापाली समाजमा स्थापना काल बाटै ऊल्लेखनीय काम हरु भएका छन युएई को परीबेश मा हेर्ने हो भने १२/१५ बर्ष अघी स्थापना भएका सामाजीक सस्था भन्दा झापाली समाजको एक बर्षको प्रगती चर्चाको शिखरमा छ तर यस मुकाम लाई बचाई राख्नु हाम्रो कर्तव्य र दाईत्व हो ।
    एकता सहयोग र सहकार्य को मुलमन्त्र लिएर स्थापना भएको समाज को मुल ऊदेश्य युएई मा बिभिन्न कारण बाट समस्या परेका झापाली नेपाली हरुलाई सहयोग गर्नु नै हो भने दिर्घकालीन रुपमा झापा जिल्ला मा शिक्षा बाट वंचित बालबालीका हरु लाई बिध्यालय सम्म पुर्याऊने हाम्रो लक्ष्य हो ।

    loading...
    Propellerads

    यसमा तपाइको मत

    अन्य समाचार