loading...

मेरो अर्जुन दृष्टि अधिबेशन सम्पन्न गर्नु हो
  • पाथिभारा न्युज संबाददाता

    Sunday December 25, 2016 मा प्रकाशित


  •  झापाली समाज यु.ए.ई.का केन्द्रिय सदस्य तथा डिजाइनर र झापाली समाज युएईको प्रथम ऐतीहासिक अधिवेशन आयोजक समितीका संयोजक मणि सुवेदी संगको पाथिभरा न्युजका सम्पादक डिल्ली हुमागाइले गर्नुभएको कुरा – मणि जि स्वागत छ तपाईलाई अधिबेशन विशेष अन्तरबार्तामा। =धन्यवाद तपाईलाई पनि अधिबेशन सम्बन्धि केही कुरा राख्ने अबसर प्रदान गर्नु भएकोमा अधिवेशनका विधि प्रक्रिया र यस बारे सर्बसाधारणले बुझ्ने गरि छोटकरीमा केहि जानकारी गराउनु हुन्छ की ? = धन्यवाद प्रश्नकोलागि अधिवेशन भनेको कुनै पनि संघ सस्था वा संगठनको सर्वोच्च सभा वा सम्मेलन वा बैठक भन्ने बुझिन्छ यसका प्रक्रियाहरु लामो हुन्छ यस्लाई संक्षिप्तमा भन्नू पर्दा अधिवेशन भित्र प्रवेश गरेपछि यसमा प्रतीनिधित्व गर्ने कुराहरु आउँछन, कुन मापदण्डलाई प्रतीनिधि छनोटको आधार मान्ने भन्ने कुराहरु सुरुवातमा आउछन भने प्रतीनिधिहरुको नामावली आयोजक समितीलाई पठाउने र मुलत: सम्मेलनकै दिनको प्रक्रियामा म छोटकरीमा भन्न चाहन्छु | अधिवेशन मुलत: दुई सत्रमा सम्पन्न हुनेछ एउटा खुल्ला सत्र वा उदधाटन समारोह जसमा हामी सामान्य औपचारिक कार्यक्रम गर्छौ विभिन्न संघ सस्थाका ब्याक्तित्वहरु प्रमुख अतीथी अतीथिहरु बोलाएर खुल्ला सत्रको औपचारिक कार्यक्रम गर्ने छौ भने बन्द सत्र अधिवेशनमा भने अधिवेशन प्रतीनिधिहरु मात्र सामेल हुनेछन यस सत्रमा संस्थाका एक बर्षसम्मका कार्यप्रगती प्रतीवेदनहरु, आर्थिक प्रतीवेदनहरु र बिधानका संसोधनका कुराहरु लगायत नयाँ कार्यसमिती चयनका कुराहरु पनि अधिवेशनका प्रक्रिया भित्र पर्दछन। – तपाईं झापाली समाजमा आबद्ध भए देखि विभिन्न जिम्मेवारी समाल्दै आउनु भएको छ र पछिल्लो पटक अचानक अधिवेशन आयोजक समितीको संयोजक भएर काम गरिरहनु भएको छ यो जिम्मेवारी पाउँदा तपाईलाई कस्तो अनुभूती भईरहेकोछ ? = धन्यवाद प्रश्नको लागि म झापाली समाजमा आबद्ध भएदेखिनै मेरो बिवेक र बुद्धिले भ्याए सम्म समाजकालागी सकेको कामहरु गर्दै आएकोछु । झापाली समाज क्षेत्रीय समिती अबुधाबीमा आबद्ध हुँदै अहिले केन्द्रिय सदस्य र केन्द्रिय डिजाइनरको जिम्मेवारी समालीरहेको छु। यसै सिलसिलामा डिसेम्बर ९ मा केन्द्रिय समितीको बैठकले झापाली समाजले अब अधिवेशन गर्नुपर्छ भन्ने प्रस्ताव उपर छलफल गरिरहदा सबैको मत अधिवेशन हुनुपर्ने रहेको थियो र मणि सुवेदिको संयोजकत्वमा गर्नु पर्छ भन्ने प्रस्ताव रहयो त्यस्मा मलाई पनि अलि अप्ठ्यायो डर अलि असहज जस्तो महसुस भएको थियो तर साथिहरुले दिनु भएको हिम्मत हौसला र आत्मबलले मैले यसलाई आत्मसाथ गर्दै एक अबसरको रुपमा पनि लिएको छु र म लगायत हाम्रो समितीमा रहनुहुने २७ जनाको लागि नै यो अबसर रहेकोछ यो हाम्रो अहोभाग्य नै मान्नु पर्छ आयोजक समितीमा रहेर यो अधिवेशन सफल पार्नु हामि सबैको जिम्मेवारी रहेको छ र कामहरु अघि बढी सकेका छन् । – धन्यवाद तपाईं लगायत तपाईको टिमलाई सफलताको शुभकामना र यो तपाईं संयोजक रहेको अधिवेशन आयोजक समितीमा हाल सम्म के के कामहरु भएका छ्न डिसेम्बर ९ देखि आजको मिती अर्थात डिसेम्बर २१ सम्म अलिकती प्रस्ट्याइदिनु हुन्छ कि ? = पुन: धन्यवाद हजुरलाई जुन दिन हामिले यो जिम्मेवारीबहन गर्यौ त्यसैको भोलि पल्ट देखि नै तदारुकता का साथ कामहरु अगाढी बढाएका छौ, अधिवेशनलाई चुस्त, दुरुस्त , ऐतीहासिक , भब्य र सब्य बनाउनका लागी हामिले अधिवेशन आयोजक समितीको मातहतमा रहेका विभिन्न समिती र उपसमिती हरु गठन गरेका छौ जस्तै आर्थिक समिती ,स्वयंसेवक ब्याबस्थापन समिती , प्रचार प्रसार समिती,सास्कृतीक समिती,बिधान संशोधन समिती,खाना ब्याबस्थापन समिती लगायतका समितीहरु गठन गरेर ती समितीहरुलाई आ- आफ्नो क्षेत्रमा एक ब्यक्ती एक कामको नितिलाई अघि सारेर काम सुरु गरिसकेका छौ । – क्षेत्रीय अधिवेशनको बारेमा के कसरी अघि बढिरहेको छ? =क्षेत्रीय अधिवेशको कुरा गर्दा दुबई , अबुधाबी र अलएनले यहि डिसेम्बर २३ तारिख गर्दैछन भने शारजाह र रसलखेमाले आगामी शुक्रवार डिसेम्बर ३० तारिख गर्दैछन। – क्षेत्रीय समितीहरुकै अधिवेशन को सन्दर्भमा क्षेत्रको समिती भंग भएर नयाँ समिती गठन हुन्छन या पुरानै समितीले निरन्तरता पाउछन ? साथै केन्द्रमा प्रतीनिधित्व गर्ने पधादिकारी वा केन्द्रिय सदस्यहरुको नामावली कसरी र कहिले पठाउने ब्याबस्था रहेकोछ? = सामान्यत: क्षेत्र र केन्द्र को अधिवेशनको विधि र प्रक्रिया एकै तरिकाले नै गरिनेछ तर निश्चय पनि क्षेत्रको भन्दा केन्द्र्को अधिवेशनका लागि तयारी र समय र धेरै लाग्ने हुन्छ । क्षेत्रको कुरा गर्दा त्यस क्षेत्रमा रहेका सबै आजिवन सदस्य सम्मिलित एक भेला बोलाइन्छ र पुरानै समिती रहने या नयाँ आउने सम्बन्धमा आजिबन सदस्य सम्मिलित जुन भेला छ त्यो नै सर्बोच्च निकाय हो वाहाँहरुले गरेका एक बर्ष सम्मका कार्यहरुलाई मुल्यांकन गरेर अहिले तत्काल रहेको मौजुदा कार्यसमितीलाई निरन्तरता दिन पनि सक्नु हुनेछ वा त्यसमा सामान्य हेरफेर गरेर पनि नयाँ कार्यसमिती गठन गर्न सक्नु हुनेछ अथवा अहिले रहेको कार्यसमिती प्रती पुर्ण रुपमा सन्तुष्टि हुन सक्नु भएन भने आजिवन सदस्य सम्मिलित भेलाले पुरै नयाँ कार्यसमिती चयन गर्न सक्ने छ। अर्को प्रश्नमा क्षेत्रीय प्रतीनिधिहरुलाई कहिले सम्ममा पठाई सक्नु पर्नेछ भन्ने सम्बन्धमा त्यस्मा हामिले एउटा निश्चित समय तीकेका छौ २३ डिसेम्बर देखि ३० डिसेम्बर सम्म क्षेत्रहरुको भेला तथा अधिवेशन गरिसक्नु पर्ने छ भने अधिवेशन प्रतीनिधि नामावली ३१ डिसेम्बर सम्ममा अधिवेशन आयोजक समिती समक्ष पठाई सक्नुपर्ने छ। – हाल क्षेत्रीय समितीमा काम गरिरेहेका ब्यक्तीहरुले केन्द्रमा उम्मेद्बारी दिन पाउने ब्याबस्था रहन्छ कि रहदैन? = प्रश्नको लागि धन्यवाद सामान्यतया केन्द्रमा प्रतीनिधित्व गर्ने ब्यक्ती क्षेत्रीय समितीमा नबसेको राम्रो वहाँहरुले अधिवेशन हलबाट नै आफ्नो उम्मेद्बारी दिदा अत्यन्त राम्रो तर अधिवेशन प्रतीनिधिलाई उम्मेद्बारी दिन त्यस्तो बाधा अडचन भने छैन वहाँहरुले आफ्नो उम्मेद्बारी दिन सक्नु हुन्छ तर केन्द्रमा निर्बाचित
    Propellerads
    loading...

    यसमा तपाइको मत

    अन्य समाचार