Loading...

यस्तो छ,संविधान संशोधन र दिल्लीको नेपाल टुक्र्याउने ‘कनेक्सन’
  • पाथिभारा न्युज संबाददाता

    Saturday December 24, 2016 मा प्रकाशित


  • नेपाल टुक्र्याउने प्रस्ताव लिएर जब भारतीय राजदुत वालुवाटार पसे !

    ९,पुस,काठमाडौं । प्रचण्ड सरकारले नेपालको तराईलाई पहाडबाट छुुट्ट्याउने नियतले संसदमा संविधान संशोधनको प्रस्ताव दर्ता गरेपटि सिङ्गो नेपाली राजनीति धुवीकरण भइरहेको छ । प्रमुख प्रतिपक्षी त एमाले त संशोधनको पुरै विरोधमा छ भने स्वयंम काँग्रेस–माओवादीका नेताहरु पनि त्यसको विरोधमा छन् । संविधान संशोधन विधेयकलाई लिएर नेपाली कांग्रेस र माओवादी भित्रै चर्को ध्रुवीकरणको खतरा छ ।पार्टीका प्रभावशाली नेता रामचन्द्र पौडेल खेमा यथास्थितिमा संविधान संशोधन गर्न नहुने पक्षमा छ । कांग्रेस स्रोत अनुसार पेलेर संशोधन विधेयक अगाडि नबढाउन रामचन्द्र खेमाले सभापति शेरबहादुर देउवालाई चेतावनी समेत दिइसकेको छ । रामचन्द्र खेमाले संविधान संशोधन विधेयक रोकेर प्याकेजमै सहमति खोज्नुपर्ने धारणा अघि सारेको छ ।

    रामचन्द्र खेमाले यो धारणा राखेपछि सभापति देउवा अप्ठ्यारोमा छन् । देउवा र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा मार्शल लगाएर भए पनि संशोधन विधेयक अगाडि बढाउने भनेका छन् । त्यसले मुलुकमा अर्को मुडभेडबाहेक केही निम्त्याउने छैन् ।

    यसरी फेरियो राजनीतिक माहौल
    प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाले संविधान संशोधन विधेयक स्थगित गर्ने, चुनाव सम्बन्धी विधेयकहरु अगाडि बढाउने र स्थानीय चुनाव घोषणा गर्ने भनेर एमालेसँग छलफल गरेका थिए । यहाँसम्मकी प्रधानमन्त्रीले त कुनै पनि बेला स्थानीय चुनाव घोषणा गर्छु भनेर सार्वजनिक रुपमा समेत भनेका थिए । र अहिले पनि भन्दै आएका छन् ।

    यद्यपी यो एक नाटक मात्रै हो । भित्रि चाहना चुनाव नगराउने नै हो । तर खास कुरा के छ भने विधेयक स्थगित गरिने भएपछि संसदमै नरहेका डा. बाबुराम भट्टराई सक्रिय बनेका थिए र उनले मधेसवादी दलहरुको वैठक राखेर विधेयक कुनै हालतमा पास गराउनुपर्ने र यसका लागि दवाब सिर्जना गर्नुपर्ने धारणा राखेका थिए । त्यसपछि मधेसवादी दलहरु विधेयक स्थगितको विपक्षमा उभिए भने कुनै हालतमा चुनाव हुन नदिने पक्षमा उभिए ।

    उच्च स्रोतका अनुसार सहमतिमा पुग्न लागेको राजनीतिक माहौल अचानक मुठभेडमा फर्कनुमा नेपालका लागि भारतीय राजदूत रञ्जित रेको गोप्य भूमिका छ । राजदूत रेले मंसिर ३० गते राति प्रधानमन्त्री निवास बालुवाटार गएर माओवादी केन्द्रका नेताहरुलाई लामो विफ्रिङ गरेका थिए । प्रधानमन्त्री कार्यालयको सुरक्षा रेकर्ड स्रोतका अनुसार ३० गतेको रात साँढे आठ बजे रे सहित भारतीय दूतावसका अन्य दुईजना अधिकारी एक घन्टा प्रधानमन्त्री निवासमा थिए । भारतको त्यो प्रस्ताव भने पहाड र तराई अलग–अलग गर्ने र कालान्तरमा तराईलाई सिक्किमीकरणको बाटोमा लैजाने नै हो ।

    सो भेटमा प्रधानमन्त्री प्रचण्डका केही विश्वाशपात्र माओवादी नेताहरु पनि थिए । छलफलमा राजदूत रेले जसरी पनि विधेयक अगाडि बढाउनुपर्ने भारतको सर्त सुनाएका थिए । यो विषयमा सभामुख ओनसरीसँग पनि ठोस छलफल भइसकेको वैठकमा बताइएको थियो । त्यही भेटपछि एकाएक प्रधानमन्त्री प्रचण्ड संविधान संशोधन विधेयक थाँती राखेर स्थानीय चुनाव गराउने विषयमा भइरहेको वार्ताबाट प्रधानमन्त्री दाहाल पछाडि हटेका हुन ।

    संविधान संशोधन नहुने हो भने वर्तमान अन्यौल र अस्थिरता अनि चुनाव हुन नसक्ने अवस्थालाई निरन्तरता दिएर टिकिरहने प्रचण्डको रणनीति र यही अवस्थालाई निरन्तरता दिएर अर्को वर्षको माघ आठको सेरोफेरोमा नेपाललाई भड्खालमा जाक्ने भारतीय रणनीति अनुसारलाई सघाउ पुराउने काम अहिलेदेखि नै हुन थालेको छ । यही रणनीतिलाई सघाउन प्रधानमन्त्री प्रचण्डले अस्थिरतालाई बढावा दिन, विभाजनलाई चर्काउन अनौठा अभिव्यक्ति दिइरहेका छन् ।

    Loading...

    यसमा तपाइको मत

    अन्य समाचार