Loading...

फेसबुकका संस्थापक जुकरबर्गकी छोरी र जुकरबर्गले पविारलाई दिने समय
  • पाथिभारा न्युज संबाददाता

    Saturday December 24, 2016 मा प्रकाशित


  • काठमाण्डौ । सामाजिक सञ्जाल ‘फेसबुक’का संस्थापक मार्क जुकरबर्गकी छोरी गत नोभेम्बर ३० मा एक बर्ष पुगिन् । पत्नी प्रिसिला चान र मार्कको पहिलो सन्तानको रुपमा छोरी ‘म्याक्सिमा’को जन्म भएको हो ।

    छोरी ‘म्याक्सिमा’को पहिलो जन्मदिनमा आफ्नी छोरीको पहिलो चुम्बन पाएको खुशी मार्कले फेसबुकमार्फत् व्यक्त गरेका थिए । आफ्नी सानी छोरी र छोरी जस्तै विश्वका साना नानीहरुका लागि खुशी र स्वास्थ्यको कामना गर्दै छोरीलाई जन्मदिनको शुभकामना दिएका थिए ।

    फेसबुकको सफलतापछि हिजोआज मार्क ‘जर्भिस रोबोट असिस्टेन्ट’ नामक नयाँ प्रविधिको अभ्यासमा व्यस्त छन् । मार्कले मंगलबार एक भिडिायो आफ्नो फेसबुक पेजमा सेयर गरेका छन् । उक्त भिडियोमा मार्क, पत्नि प्रिसेला र छोरी म्याक्सिमा आफ्नै घरभित्रको काममा रमाइरहेको देख्न सकिन्छ ।

    mark_priscilla

    जुकरबर्ग छोरी र पत्नीसँग रमाउँदै

    ‘जर्भिस’ नामक नयाँ प्रविधि हाल आफ्नै घरभित्र प्रयोगमा ल्याउने प्रयासमा छन् । यो ‘अक्सिटेन्ट एप्लिकेसन’लाई म्युजिक, फेस डिटेक्शन र अन्य जरुरी काममा ध्वनीद्वारा गरिने आदेशको माध्यमबाट काममा लगाउन सकिन्छ ।

    जुकरबर्गको आफ्नो फेसबुकमा अपलेड गरिएको भिडियोमा छोरी म्याक्सिमालाई चार पटक देखाइएको छ । उनी मुस्कुराउँदै खेलिरहेको देख्न सकिन्छ । म्याक्सिमाको जन्म गत बर्ष नोभेम्बर ३० मा भएको थियो । आफ्नो फेसबुक पेजमार्फत् छोरी जन्मेको जानकारीका साथै खुशीयाली विश्वसँग साटेका थिए । त्यसपछि, आफ्नी छोरीसँगको विभिन्न खाले तस्विरहरु फेसबुकमा सार्वजनिक गरे मार्क र प्रिसेलाले । हिजोआज भने छोरीलाई भिडियोमा पनि देखाइरहेका छन् ।

    यो भिडियो हेर्दा लाग्छ कि जुकरबर्गले आफ्नो व्यवसायलाई जति महत्व दिन्छन् त्यती नै आफ्नी सानी छोरी, पत्नीलाई पनि त्यतिकै माया ममतामात्र नभएर समय पनि दिईरहेका छन् । जुकरबर्गको आफ्नो परिवारलाई दिईको समयबाट अन्य अत्यन्तै व्यस्त व्यापारिक घरानाहलाई आफ्नो परिवारलाई पनि माया गर्नुपर्दछ भन्ने सन्देश दिने अनुमान लगाउन सकिन्छ ।

    Loading...

    यसमा तपाइको मत

    अन्य समाचार