Loading...

भारतीय राष्ट्रपति प्रणव मुर्खजी र दलाइ लामाको भेटघाटप्रति चिनको कडा प्रतिक्रिया
  • पाथिभारा न्युज संबाददाता

    Friday December 23, 2016 मा प्रकाशित


    • भारतको शरणमा रहेका तिब्बतीय घर्म गुरु दलाई लामाले भारतिय राष्ट्रपति प्रणव मुर्खजीसँगको भेटलाई जोडेर चिनले कडा प्रतिक्रिया दिएको छ। अमेरिका जस्तो शक्तिसाली मुलुकले समेत चिनको आन्तरिक मामलामा हस्तचेप गर्न नसकेको बेला भारतले चाइनाको मामलामा बढी जानकारी राख्न खोजेको बताएको छ।

    चाइनाको सरकारी समाचारपत्र ग्लोवल टाइम्ले बताए अनुसार ‘भारतले चाइनाको बिरुद्ध दलाइ लामालाई असाधारण समयमा प्रयोग गर्दै आएको छ। भारतीय राष्ट्रपतिसँग दलाइ लामाको पछिल्लो भेटघाट यसैको उदाहरण हो।’ भारतिय भिजन अदुरदर्शी रहेको बताउँदै सरकारी समाचार पत्र ग्लोवल टाइम्सले अगाडी बताएको छ ‘भारत र चिनको समस्यालाइ उल्झाएर चाइनाको आन्तरिक बिकासमा भारत असहयोग गर्न चाहन्छ।’

    चाइनाको दवाबकै कारण गएको साता मात्र मंगोलियाले आइन्दा धर्म गुरु दलाइ लामालाई पुन मंगोलिया आउन नदिने निर्णण गरेको थियो।

    मंगोलिया जानु भन्दा अधि दलाइ लामा भारतीय राष्ट्रपति भवनमा भएको एउटा कार्यक्रममा प्रणब मुखर्जीसँग भेटघाट गरेका थिए। चाइनाले भारतले चाइनाको आन्तरिक मामलालाई उचाल्न धर्मगुरु दलाइ लामालाई भेटेको आरोप लगाएको थियो।

    Loading...

    यसमा तपाइको मत

    अन्य समाचार