मेरो जीवन रहे सम्म समाज सेवा प्रती समर्पित गर्नेछु अधिकारी

 

झापाली समाज युएईका माहासचिब टेकनाथ अधिकारीले पाथिभरा न्युज.कमका सम्पादक डिल्ली हुमागाइ संग गर्नु भएको कुराकानी ।

टेकनाथ अधिकारी पाचथर जिल्ला रानीटार गाबिस वडा न ०३ मा पिता बासुदेव अधिकारी र माता बिष्णुमाया अधिकारीको कन्छो सन्तान को रुपमा बि स २०४२ मा जन्मिनु भएको । अधिकारी दुइ महिनाको हुदा झापा जिल्लाको शिवगंज गाबिस वडा न ३ मा स्थाई रुपमा बसाई सराई गरि आएको र बाल्यकाल शिवगन्ज मा नै बितेको बताउनु भयो। प्रारम्भिक शिक्षा श्री सरस्वती प्राबीबाट लिइ श्री जन आदर्श माध्यमिक बिधालय बाट २०५९ सालमा दोस्रो श्रेणीमा एस एल सि पास गरि महेन्द्र बहुमुखी क्याम्पसमा बिज्ञान शास्त्रको छात्र रहेको बताउनु भयो। स्कुल जिवनमा राम्रो बिद्यार्थी भए पनि एस एल सि को परिक्षाको समयमा बिध्यालय बिच को गलत प्रतिस्पर्धा अनि ब्यतिगत रिसिबी को कारणले गर्दा आफुले राम्रो नतिजा ल्याउन नसकेको कारण आफु भिजिट भिसामा युएई आएको र काम नपाइ नेपाल फर्किनु परेको तितो अनुभव पनि साटनु भएको थियो तर यसलाइ जिवन भोगाइको सकरात्मक पाटो मान्नु भएको उल्लेख गर्नु भयो। २०६९ मंशिरमा मागी बिबाह मन्जु पौडेलसङ्ग भएको थियो वाहांको एक छोरी छिन ।

नेपालको माहोल र परिस्थितिले गर्दा फेरि बिदेशिनु भएको र युएईमा रहेर सात महिना काम गरि काम र दाम को असन्तुष्टि ले फेरि नेपाल फर्किएर नेपालमा नै भन्सारमा काम गर्दा गर्दै अहिलेको कम्पनी को मालिकलाइ भेटेको र उस्ले नै लिइएर आएको केहि समय साउथ अफ्रिकामा समेत काम गरि युएइ आउनु भएको र अहिले काम र दाम दुबै बाट खुसी भए पनि ब्यत्तिगत कारण र नेपालमा नै केहि गर्ने हिम्मत लिइएर आफ्नो प्रोजेक्ट मा नेपाली ५०० युवालाइ समेत लाभान्वित बनाउने उच्च सोच र साहास लिएर युएइ को बसाइ बाट बिदा हुने उहा योजना रहेको छ ।

उहा सानै बाट समाज सेवा प्रती झुकाब भएको र युएई को बसाइ पनि बिभिन्न समाजिक संघ सस्था सङ्ग आवद्ध भएर काम गरिरहेको र आफ्नो एकल प्रयास मा पनि बिभिन्न सामाजिक सहयोग र उपकार गर्दै आएको बताउनु भयो । बिभिन्न समाजमा रहिरदा को समय मा अरु साथिहरुले पनि झापाली समाज कहिले स्थापना गर्ने भन्ने चासो दिएर समय समय मा भन्ने गरेकोले पहिला बाट नै समाज को कल्पना आफुमा रहेको तर झापाली लाइ संगठन गर्न अलिक कठिन रहेकोले स्थापना गर्न ढिला भएको अनुभव उहाको रहेको छ।
झापाली समाज स्थापनामा राम प्रसाद ढुंगेल र उहाको बिशेष पहल रहे पनि सम्पूर्ण साथीहरुको साथ र सहयोग ले अहिलेको अवस्था सम्म आइ पुगेको हो भन्नु हुन्छ अहिले सम्म विभिन्न आरोह र अवरोहहरुलाइ पार गर्दै यहा सम्म आइपुगेको र अझै यस्ता धेरै कुराको सामना गरेर एकता सहयोग र सहकार्यलाइ आत्मासाथ गरि अगाडि बढनु छ अनि मात्र हामी हाम्रो उधेश्य प्राप्त गर्न सक्छौ भन्ने उहाको बुजाइ रहेको छ। सामाजीक सघ सस्था मा काम गर्दा आर्थिक पारदर्शिता ब्याक्तीगत बिचार भन्दा टाढा सहनशीलता पब्लिकरिलेसन हुनु अत्यावश्यक हुन्छ उहाको बुझाईमा।
अनि समाज एकताका कुरा चलिरहदा उहाले भन्नु भयो एकता जरुरी छ ब्यातिगत इगो रहनु हुदैन जसरी भए पनि मिलाएर जानु पर्छ भन्ने उहाको बिचार छ सम्मपुर्ण झापाली एक भएर जानु पर्छ । पैतालिस हजार झापालीलाइ एकसुत्रमा बाधेर लैजाने निति भएको भए पनि सबैको सहकार्य को जरुरत भएको र अझ सम्म यो नभएकोले नै अलग अलग रहनु परेको कुरालाइ पनि उल्लेख गर्नु भयो। तर एकताकोलागि मेरो प्रयास निरन्तर रहने जानकारी दिनुभयो। समाजलाई अगाडि बडाउन आर्थिक पारदर्शीता अत्यन्त महत्त्वपूर्ण रहने कुरा मा जोड दिनु हुन्छ ।

एउटा समजलाई अगाडि बडाउन सक्रियता भएर समाजमा लाग्ने ब्याक्ती हुन आबश्यक रहन्छ र हाम्रो समाजको कुरा गर्दा समितीमा रहनु भन्दा अगाडि दुईटा कुरा मिठा गर्ने बितिक्कै हामी समितीमा राखियो भने समाजलाई पक्कै केही फाइदा हुनेछ भन्ने बिश्वास गर्छौ तर जब समितिमा राख्यो उक्त ब्याक्ती निस्कृय बस्दिनाले समाजले सोचे जति गति लिई रहेको छैन तर अबको आउदो अधिबेशनले राम्रा अनि सकृय ब्याक्ती चुन्नमा सहयोग गर्नेछ भन्ने बिश्वास लिएका छौ ।र मेरो बिचारमा हाम्रा भन्दा पनि राम्रा ब्याक्तीहरु अबको अधिबेशन बाट आउनेछन भन्ने बिश्वास छ। एक बर्षे क्यालेन्डरमा धेरै जसो काम अधुरो रहेकोले अब आउदा दिनमा ती काम पूरा हुने जानकारी दिनु भयो ।

म नेपालमा रहे पनि झापाली समाज भन्दा बाहिर चाहेर पनि रहन सक्दिन र त्यसैले नेपालमा रहेको सम्पर्क समितिमा आबद्ध भएर यस समाजमा रहिरहने बाचा पनि गर्दछु मेरो युएईमा बसेर समाज सेवा गर्ने भोक अझै रहेकोले म नेपालमा भए पनि मेरो जीवन रहे सम्म समाज सेवामा समर्पित गर्नेछु भन्नू भयो।

आइतवार, पुस ३, २०७३ मा प्रकाशित

यसमा तपाइको मत

Loading...

अन्य समाचार